कथा
विघटन
-
विश्वराम ढलाकोटी (मिजार)
म पात्र भएर आज तपाईँलाई, उसको कथा व्यथा सुरुवात अर्थात् उसको जन्मकालीन दिन देखि आजको स्थितिसम्म
सुनाउँदै छु ।
कथा यसरी सुरु हुन्छ-
काठमाडौँ राजधानीदेखि
नजिक रहेको जिल्ला भौगोलिक हिसाबले विकट, राजधानीले चिन्न नसकेको विकासका हिसाबले पछाडि परेको, जहाँ अशिक्षित
अन्धविश्वासमा रुमलिएको समुदायको बिचमा एउटा
गरिब परिवारको सदस्यको रूपमा, पहिलो सन्तानको रुपमा उसको जन्म हुन्छ, जन्मसँगै उसले परिवारमा खुसी त ल्यायो तर पारिवारिक समस्या पनि जन्मायो ।
यो कथा धेरै पुरानो त होइन,केही समयअघिको मात्र हो ।
उसको परिवारमा बिहान बेलुका खानाको लागि पनि धौ धौ पर्थ्यो । त्यो
परिस्थितिमा पनि सकी नसकी अर्काकोमा ज्याला मजदुरी गरेर भए पनि उसलाई हुर्काउँदै आइन्
।-
उसकी आमाको परिचय पनि गराउँछु है त
!
पातली कामले सदैव थकित, हेर्दै माया लाग्ने, दयालु सबैको भावनालाई कदर
गर्ने स्वाभाव भएकी । छोराको खुसीको लागि ज्यान दिन सक्ने दुःखी, कर्मले हारेकी छोरोको खुसीको लागि
आफ्नो सपना रहर सबै बिर्सेर सङ्घर्ष गर्ने, दुःखी आमाहरूमध्येकी
एक दुःखी आमा नाम चैँ भन्न चाहिनँ, माफ गर्नुहोला ।
सधैँ झैँ रक्सी पिएर मातेर आउने उसको बुबा त्यो रात पनि मातेर आएका थिए । घरमा आउँदा बुबाले आमालाई ज्यानै जाने तरिकाले कुट्दै थिए । बुबाले आमालाई त्यस्तो गरेरको असह्य भयो तर ऊ पनि गाँजामा लट्ठ थियो ।
अब फेरि कथातिरै लागौँ-
त्यो परिवारमा दुःख
दिने सदस्यहरूमध्ये उसको नाताले बुबा अर्थात् उसकी आमाको श्रीमान्, दिन रात रक्सी पिएर घरमा सदैव
झगडा गर्ने । उसको आमालाई कुटपिट मात्र गर्ने गर्नुहुन्थ्यो,
घरपरिवारमा मानसिक तनाव, दिइरहनुहुन्थ्यो ।
विचरी ! उसकी आमाले कति
सहेर बसेकी होलिन् ? एउटा श्रीमान् अर्थात् घरको मूल जग नै खराब भएपछि, उसको परिवारमा कसरी खुसी छाउन सक्छ ? (तपाईं पनि विचार गर्नुस् त !)
कथालाई नै विस्तार गरौं.....
ऊ हुर्कँदै जान्छ, त्यो काहाली लाग्दो अन्धकार परिधिभित्र रुमलिरहेको परिवारको चक्रमा । जे होस्, उसको आमालाई मान्नैपर्छ, एउटी आमाको भूमिकालाई त्यो नर्क जस्तो परिवारको बिचमा उसलाई हुर्काउँदै आइन् ।
समय बित्दै गयो, ऊ पनि पढ्न जान सक्ने भयो । घर परिवारको स्थिति त्यही हो तर खुसीको कुरा,
सरकारी विद्यालय उसको घरनजिक थियो । आमालाई पनि थाहा थियो, छोरालाई
पढाउनुपर्छ तर के गर्नु ? खाना लाउन त धौ धौ भएको बेला, कसरी
छोराको लागि कापी कलम किताब दिलाउनु तर आमालाई कुनै पनि हालतमा आफ्नो जस्तै दुःख
कष्ट नपरोस्, भनेर अनेकौँ चुनौतीको सामना गरेर भए पनि
छोरालाई विद्यालयमा भर्ना गराइन् । उसले पनि आमाको दुःख बुझ्दै नियमित रूपमा
विद्यालय जान थाल्यो । समय बित्दै गयो । ऊ पनि हुर्कँदै गयो ।
भनिन्छ नि- सङ्गतगुनाको फल ।
ऊ पढ्न त गयो तर
विद्यालयमा अनेकौं थरिका साथीभाइको सङ्गत
हुँदै गयो । यसरी बुबाको व्यवहार देखी दिक्दार भएको ऊ सधैँ बुबाको किचकिच मात्र
गर्ने व्यवहारले, जुन माया ममता बुबाको भूमिका
उसले कहिल्यै पाउन सकेन । उसको आमालाई दुःख मात्र दिने, नातामा
श्रीमान् भए तापनि व्यवहार, कर्तव्यमा कहिल्यै श्रीमान् हुन
सकेनन् । त्यसैले पनि बुबाप्रति दिन दिनै ऊभित्र प्रतिशोध, घृणा
पैदा हुँदै गयो । मानसिक तनाव बढ्दै गयो । साथीभाइको सङ्गतले बिस्तारै
बिस्तारै कुलतमा फस्दै गयो । यसरी आमाको
माया ममतालाई बिर्सी बुबाले दिएको पिडालाई मनमा राख्दा ऊ दिनरात बिग्रँदै गयो ।
ती विचरी आमा ! श्रीमानको अपहेलना त छँदै थियो, त्यहीमाथि छोराको त्यो व्यवहारले झन् असह्य पिडा थपियो । तैपनि छोरालाई सम्झाउँथिन्, बुझाउँथिन् तर के गर्नु
उनको केही सिप लागेन । पढ्न जान पनि बिस्तारै
छोड्न थाल्यो । जस्तोसुकै भए तापनि आमालाई चैँ अति नै माया गर्थ्यो उसले ।
आमाको दुःखलाई नबुझे नि आमाप्रतिको साहानुभूति देखाउँथ्यो ।
कुरा एक रातको हो-
सधैँ झैँ रक्सी पिएर
मातेर आउने उसको बुबा त्यो रात पनि मातेर आएका
थिए । घरमा आउँदा बुबाले आमालाई ज्यानै जाने तरिकाले कुट्दै थिए । बुबाले आमालाई
त्यस्तो गरेरको असह्य भयो तर ऊ पनि गाँजामा लट्ठ थियो । बुबाप्रति रिस उठ्यो ।
नजिकै रहेको कोदालो टिपेर पछाडिबाट
टाउकोमा मच्चायर हान्यो । ‘मरेँ बाबा’ भनेर आगनमा ढले । रगत आँगनभरि बग्न
थाल्यो । त्यो घटना देखेर आमा पनि बेहोस भइन् । एक छिनमा सारा गाउँलेहरू आए । त्यही
गाउँको मुखियाले पुलिसलाई खबर गरेपछि केही
छिनमै पुलिस आए । घटनाका बारेमा केरकार र रिपोर्टिङ गरी लासलाई उठाउँछन् ।
आमालाई गाउँलेहरू र
पुलिस भएर अस्पताल लैजान्छन् ।
उसलाई भने बुबाको हत्या
गरेको आरोपमा गिरफ्तार गरी जन्म कैद जेल हालिन्छ ।
आज उसकी आमालाई
अस्पतालबाट डिस्चार्ज त गरियो तर अचेत अवस्थामा ।
मेलम्ची-९,
सिन्धुपाल्चोक
No comments:
Post a Comment