पोखरामा लघुकथा लेखनसम्बन्धी प्रशिक्षण - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, February 25, 2023

पोखरामा लघुकथा लेखनसम्बन्धी प्रशिक्षण

पोखरा । लघुकथा प्रतिष्ठान, पोखराले शनिबार लघुकथा लेखनसम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ ।

लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ प्रमुख प्रशिक्षक रहेका प्रशिक्षणमा ३२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । रोदनले लघुकथाको सैद्धान्तिक तथा व्यावहारिक विषयमा प्रशिक्षण दिएका थिए । उनले नेपाली साहित्यमा लघुकथाको कृति प्रकाशनको इतिहास २००७ मा प्रकाशित पूर्णप्रसाद ब्राह्मणको ‘झिल्का’ लघुकथा सङ्ग्रहबाट सुरु भएको बताए । उनले वर्तमान समयमा लघुकथाले प्राप्त गरेको लोकप्रियतासँगै गुणस्तर कायम गर्नुपर्ने चुनौतिलाई यस्ता प्रशिक्षणले सहयोग गर्ने बताए ।

अर्का प्रशिक्षक डा. भवानी पाण्डे ‘भाष्कर’ले नेपाली लघुकथाका चुनौती र सम्मावना तथा प्रतिष्ठानकै सचिव कल्याण पन्तले लघुकथाको सैद्धान्तिक संरचनाका विषयमा प्रशिक्षण दिएका थिए । प्रतिष्ठानका अध्यक्ष विष्णु अल्पविरामको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा-प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त र पोखरा प्रज्ञा-प्रतिष्ठानका कुलपति पदमराज ढकालले पनि समापन समारोहमा शुभकामना दिएका थिए ।

प्रशिक्षणलाई गण्डकी प्रज्ञा-प्रतिष्ठान र पोखरा प्रज्ञा-प्रतिष्ठानले सहयोग गरेका थिए ।




No comments:

Post a Comment