सत्यमोहन जोशीको निधन (को हुन् सत्यमोहन ?) - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, October 16, 2022

सत्यमोहन जोशीको निधन (को हुन् सत्यमोहन ?)

काठमाडौं । वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आइतबार (असोज ३० गते) निधन भएको छ ।

किष्ट मेडिकल कलेजमा केही दिनदेखि उपचाररत जोशीको आज बिहान निधन भएको हो स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका थिए । पछिल्लो समय उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको अस्पतालले जनाएको छ

को हुन् त सत्यमोहन जोशी ?
  • जन्म :- वि.स.१९७७ बैशाख ३० गते बाबु शङ्‍करराज जोशी र आमा राजकुमारीको सन्तानका रूपमा ललितपुरमा जन्म भएको,
  • ३ पटक मदन पुरस्कार प्राप्त गर्ने एक मात्र व्यक्ति । उनले वि. सं. २०१३ सालमा हाम्रो लोक संस्कृति, वि. सं. २०१७ मा नेपाली राष्ट्रिय मुद्रा र वि. सं. २०२८ मा कर्णाली लोक संस्कृति नामक पुस्तकका लागि सो पुरस्कार पाएका,
  • वि. सं. २०६९ सालमा पद्मा श्री साधना सम्मानद्वारा सम्मानित,
  • वि. सं. २०७१ वैशाख ३० गते त्रिमूर्ति निकेतनले शताब्दी पुरुषको उपाधि दिएको,
  • वि. सं. २०७६ भाद्र २४ मा नेपाल सरकारले उनको तस्वीर अङ्‍कित १००, १००० र २५०० रुपैयाँको मुद्रा निष्कासन गरेको,
  • जीवित रहँदै हुलाक टिकट प्रकाशन हुने पहिलो व्यक्ति,
  • २०७९ सालको संविधान दिवसमा उनलाई नेपाल सरकारद्वारा राष्ट्र गौरव मानपदवीबाट सम्मानित,
  • पुरातत्त्व विभागको निर्देशक,
  • अरनिकोबारे जानकारी दिने पहिलो व्यक्ति,
  • ई- पासपोर्ट प्राप्त गर्ने पहिलो नेपाली ( २०७८/०८/०१)
मृत्यु: २०७९/०६/३० गते १०३ वर्षको उमेरमा ।


No comments:

Post a Comment