मेरो किताब (बालकविता) - नरिश्वर गौतम - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, July 31, 2022

मेरो किताब (बालकविता) - नरिश्वर गौतम

 

मेरो किताब (बालकविता)

                 - नरिश्वर गौतम

नरिश्वर गौतम, कवि

हेर मेरो किताब

कति राम्रा चित्र छन्

मिठा गीत कविता

कथा यस भित्र झन् ।।

 

ठुला ठुला अक्षर

रङ्गीचङ्गी पाना छन्

मान्छे पनि चित्रमा

हामीजस्तै साना छन् ।।

 

क ख अ आ एकदुई

ए बी सी डी ... वन टु

अक्षर अङ्क चिनेर

मैले पनि भन्छु ।।

 

पढ्नलाई किताब

लेख्न कापी कलम

च्यात्ने भाँच्ने गर्दिन

गर्छु यिनको जतन ।।

 

ठुलो भई म पनि

पढी धेर‌ै किताब

सिक्छु ज्ञानसिप

गर्न सिक्छु हिसाब ।।

......

गुल्मी

हाल: काठमाडौं

No comments:

Post a Comment