सगरमाथा साहित्य प्रतिष्ठानको अध्यक्षमा अजित उत्सव चयन - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, July 10, 2022

सगरमाथा साहित्य प्रतिष्ठानको अध्यक्षमा अजित उत्सव चयन

पोखरा । सगरमाथा साहित्य प्रतिष्ठानको नयाँ अध्यक्षमा अजित उत्सव चयन भएका छन् । प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई केन्द्रीय अध्यक्षका रूपमा चयन गरेको हो । संस्थाले तत्कालीन अध्यक्ष जीवित खड्का मगरलाई हटाएर बाँकी कार्यकालका लागि अध्यक्षका रूपमा कवि उत्सवलाई सर्वसम्मतिले सो जिम्मेवारी सुम्पेको हो ।

 शनिबार राति भएको जुम बैठकमा संस्थाका केन्द्रीय पदाधिकारीहरू, विभागीय प्रमुखहरू र पदाधिकारीहरू, नेपाल शाखाका अध्यक्ष, प्रदेश अध्यक्षहरू, संस्थाका केन्द्रीय संरक्षकहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिष्ठानको नेतृत्वमा आएका अजित उत्सव यसअघि सो संस्थाको रिष्ठ उपाध्यक्ष थिए । बैठक उनकै अध्यक्षतामा सम्पन्न भएको थियो । 



प्रतिष्ठानको केन्द्रीय कार्यालय मध्यपूर्वको युएईमा रहेको छ । यो संस्थाले हरेक र्ष साहित्यका विविध विधामा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र पुस्तक प्रकाशनसमेत गर्दै आएको छ । नेपाललगायतका देशमा यसका शाखा रहेका छन् ।

सगरमाथा साहित्य प्रतिष्ठानमा सन् २०१७ देखि आबद्ध अजित उत्स केन्द्रीय कार्यसमितिको सदस्य, सचि, बरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा चयन भएका हुन् । उनी यसअघि प्रतिष्ठानले आयोजना गरेको विश्वव्यापी नेपाली कविता प्रतियोगिताको सह-संयोजक/सञ्चार विभाग प्रमुखसमेत रहिसकेका छन् । उनी प्रतिष्ठानको नेपाल इन्चार्जसमेत हुन् ।

स्याङ्जा जिल्लामा जन्मेहुर्केका कवि उत्सवको हालको ठेगाना पोखरा हो । उनी बिगत एक दशकभन्दा बढी समयदेखि युएईमा कार्यरत छन् । हाल उनी आबुधाबीमा सुपरभाजरका रूपमा कार्यरत छन् । उनको हालै "आकाशगङ्गाको किनार" नामक कवितासङ्ग्रह बजारमा आएको छ ।

No comments:

Post a Comment