साहित्यकार समीप र सरूलाई मातृशोक - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Friday, June 3, 2022

साहित्यकार समीप र सरूलाई मातृशोक

पोखरा । साहित्यकारद्वय दीपक समीप र सरस्वती श्रेष्ठ ‘सरू’लाई मातृशोक परेको छ ।

उनीहरूकी आमा नानीमाया श्रेष्ठको शुक्रबार पोखरामा ८० वर्षको उमेरमा निधन भएको हो । निमोनियाको समस्याबाट पीडित श्रेष्ठलाई शुक्रबार बिहान सास फेर्न अप्ठ्यारो भएपछि मणिपाल शिक्षण अस्पताल लगिएकोमा अक्सिजन लगाएर केही समय राखेपछि निधन भएको थियो । अस्पताल जाने क्रममा उनी आफैँ ट्याक्सी चढेकी थिइन् । लमजुङका स्थायी बासिन्दा साहित्यकार श्रेष्ठ दिदीभाइ विगत लामो समयदेखि पोखरामा रहेर साहित्य साधना गर्दै आएका छन् ।

यसअघि पनि पटक पटक यस्तो समस्याबाट पीडित थिइन् । उनको शुक्रबार नै रामघाटस्थित सेती नदी किनाराम अन्त्येष्टि गरिएको छ । स्वर्गीय श्रेष्ठका समीप र सरूसँगै छोरी इन्द्रा श्रेष्ठ रहेकी छिन् । पति रामबहादुर श्रेष्ठको यसअघि नै निधन भइसकेको छ ।

सम्मोहन साहित्यिक पत्रिका परिवार स्वर्गीय श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ !



No comments:

Post a Comment