गीत- गोविन्दराज ओझा - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, April 30, 2022

गीत- गोविन्दराज ओझा

 तिम्रो सामु बसी मैले...

                        - गोविन्दराज ओझा                           


तिम्रो सामु बसी मैले तिमीलाई हेरिरहुँ

तिम्रो मिठो मुस्कानमा सधैँ भुलिरहुँ

मेरा यादहरूमा सधैँ तिमी आइरहन्छौ

धेरै टाढा विदेशमा भए पनि यादमा आइदिन्छौ

 

तिम्रो मिठो मायामा सधैँ भुलिरहुँ

जिन्दगीका पलहरूमा तिम्रो साथ पाइरहुँ

तिमीलाई सम्झिएर दिनहरू बिताइरहेछु

सहुको ऋण तिर्न भनी विदेशमा बसिरहेछु     

 

सम्झनामा तिमी आयौ यी आँखाबाट आँशु झर्‍यो

तिमीसँगको वियोगले मेरो मन रोइरह्यो ।

              [email protected]     

               दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल, डोटी                                                                     

 

No comments:

Post a Comment