किचकन्नी : एक भ्रमपूर्ण भोगाइ (संस्मरण)
–शेरबहादुर
सेर्पाइली
त्यस बिहान,
सदा झैँ झ्यालको पर्दा खोलेर
मैले बाहिरतिर चिहाएँ । सल्यानको अमरावती बजारको फिल्डमा जमेको शिशिरको तुसारो, घामको पहिलो किरणमा टल्किरहेको थियो ।
फिल्डको एक कुनामा त्यस बजारका प्रख्यात मोबाइल व्यापारी हरीहर आठ/दश जना मान्छेहरूको बिचमा
उभिएर केही कुरा गरिरहेका थिए । उनलाई घेरिरहेको झुण्ड उनको कुरा सुनेर
आश्चार्यचकित मुद्रामा देखिन्थ्यो । हरिहरको अनुहारको भाव, हातका
हाउभाउ र प्रस्तुति आज बिल्कुलै पृथक् थियो । त्यो दृश्य देखेर यो अनुमान
लगाउन सकिन्थ्यो कि मानौँ उनले आज कुनै सनसनीपूर्ण कुराको खुलासा गरिरहेका छन् ।
दुईचार/दुईचार गर्दै क्रमशः त्यो झुण्डमा मान्छेहरू थपिँदै गइरहेका थिए । के रहेछ ! मलाई पनि चाख लागेर आयो । म हत्तारिँदै भर्याङ ओर्लिँदै थिएँ । जुत्तावाल्नी बजैको आवाज आएर मेरो कानमा ठोक्कियो । उनी भन्दै थिइन्—“हिजो राति हरिहरको बाइकको पछाडि किचकन्नी बसेकी थिई रे !”
अगाडि सडकमा तीन जना युवतीहरू हात हल्लाउँदै उभिइरहेका थिए । अनुहार कसैको स्पष्ट देखिएको थिएन । लुहामसम्मको लागि भनेर उनीहरू गाडी चढे तर लुहाम पुग्दा भित्र कोही थिएन ।
ओहो ! साँच्चै होला त ? मलाई झन चाख बढेर आयो । यथार्थ
बुझ्नलाई म पनि गएर झुण्डमा मिसिएँ । मान्छेहरू मुखामुख गरिरहेका थिए । सबै कुरा बुझेर आउँदा घटना
यस्तो थियो—
उनी हिजो साँझ रूकुमबाट घर फर्किँदै रहेछन् । रूकुमको सिमा समाप्त भइसकेपछि सल्यानमा घना सल्लेरी वन सुरु हुन्छ ।
त्यहाँ गाउँहरू छैनन् । घुम्ती,
सिधा, उकालो, ओरालो
र निस्पट्ट उत्तिसेनी खोल्साहरू भने प्रशस्तै
छन् । रातको समयमा छिट्टफुट्टबाहेक गाडीहरू चल्दैनन् । मानव आकृति शून्य हुन्छ ।
हिजो साँझ उनी त्यो जङ्गलमा आइपुग्दा समय रातको एघार बजिसकेको थियो रे । एक्लो
यात्रा, त्यो सुनसान जङ्गललाई छिट्टो पार गर्न उनी
स्किलेटरमा बल दिएर रफ्तारमा दौडिरहेका रहेछन् । जङ्गलको मध्य भागमा पुग्दा उनलाई कसैले हात दियो ।
उनले स्पीड स्लो गर्दै हेरे;
एक
अपरिचित युवतीले लिफ्ट मागिरहेकी थिइन् । त्यो सुनसान इलाका, त्यो
मध्यरात; उनलाई लिफ्ट नदीने भन्ने
कुरा थिएन । युवती मोटरसाइकलको
पछाडि बसिन् । उनीहरू त्यहाँबाट अगाडि बढे ।
निलो कलरको टाइट जिन्स प्यान्ट, काला अग्ला हिल जुत्ता, बलिउड अभिनेत्री अनुश्का शर्मावाला कुर्ती, बटन खोलिएको जिन्सकै ज्याकेट, खुला छोडिएको स्टेट कपाल र सेतो सलले टाउकोबाट मुखसम्म छोपेकी ती युवती त्यहाँ, त्यस समय, त्यस अवस्थाम भेटिनु हरिहरको लागि भयङ्कर खुल्दुलीको विषय बनेको थियो । बाइकमा चढ्ने बेलामा उनले यति मात्र भनेकी थिइन्— जानु त टाढा छ; तर तपाईँ जहाँसम्म जाने हो, मलाई त्यहीँसम्म लगिदिनुस् ।
एक्लो यात्रामा साथी भेटिँदा हरिहरले ढुक्कको सास फेरेका थिए ।
सिटमा उक्लिँदाको युवतीको पहिलो
स्पर्शले उनी रोमान्चित बनेका थिए तर अपेक्षित अवस्था आएन । उनी दुरी कायम गरेर
बसिन् । उनी बारेमा जिज्ञासाहरू राख्दा
त्यति खुल्न चाहँदैनथिन् । सोधेका
प्रश्नहरूको ढिलो-अस्पष्ट र एकै वाक्यमा
जवाफ दिन्थिन् । प्रतिप्रश्न गर्दिनथिन् । तसर्थ उनीसँग संवाद भइरहन सकेन ।
हरिहरले अमरावती सम्झिए, बाँकी दूरीको आँकलन गरे, ध्यान
बाटोतिर लगाए र एकाग्र भएर मोटरसाल हुइँक्याइरहे ।
दूरी सकियो । अमरावती बजार आइपुग्यो । बजारबिचको प्रतीलयनिर उनले मोटरसाकल रोके । झर्नोस्
भन्दै पछाडि फर्किएर हेरे तर युवती थिइनन् ।’
यो घटनाले बजारमा सन्त्रास फैलिएको थियो । हरिहर आफैँ स्वर हराए जस्तै भएका थिए । मान्छेहरू
किचकन्नीसँगका अनेक किस्साहरू सुनाउन थालेका थिए ।
एक दिन
एकजना ड्राइभरले आएर भने— त्यस रात
म जन्ती पुर्याएर फर्किँदै थिएँ । गाडीमा मान्छे कोही थिएनन् ।
खलासी भाइ पनि आएर मसँगै क्याबिनमा बसेको थियो । हामी गफ गर्दै गाडी कुदाइरहेका
थियौँ । जब हामी रातको बाह्रबजे दाङको सिमा कटेर फालाबाङ्गको जङ्गलमा प्रवेश गर्यौँ, अगाडि सडकमा तीन जना युवतीहरू हात हल्लाउँदै उभिइरहेका थिए । अनुहार कसैको स्पष्ट
देखिएको थिएन । लुहामसम्मको लागि भनेर उनीहरू गाडी चढे तर लुहाम पुग्दा भित्र कोही थिएन ।
अर्को एक जना
ट्रक ड्राइभरले पनि सुनाए— एक रात
हामी हिँडिरहेका थियौँ । सडकमा ४-५ जना युवतीहरू नाचिरहेका थिए । बाटो
छोड्न मानेनन् । आग्रह गर्नलाई झरेर छेउमा गएको, त्यहाँ
कोही थिएन ।
अर्को एक एम्बुलेन्स चालकले झन् अनेकौँ किस्साहरू सुनाए र यो किचकन्नीको समस्याको समाधान चुरा
भएको र आफूले गाडीमा चुरा झुण्ड्याएर
हिँड्ने गरेकोसम्म उनले बताए
।
उनी तत्क्षण, बसेको ठाउँबाट जुरुक्क उठिन् र छाती खोलेर देखाइन् । ओहो ! अकल्पनीय !! देखेर तीन जना मान्छेहरू ठाउँको ठाउँ लडे ।
मैले पनि सानैदेखि किचकन्नीसँग सम्बन्धि अनेकौँ किस्साहरू सुन्दै हुर्किएको
हुँ । गाउँघरमा मान्छेहरू भन्थे—
किचकन्नीहरू भनेका अकालमै मरेका युवतीहरू हुन् । उनीहरू साह्रै असन्तुष्ट र
रुष्ट हुन्छन् । उनीहरूको आत्मा बैकुण्ठमा गएको हुँदैन, वायुमण्डलमै भौतारिरहेको
हुन्छ । त्यो आत्मा रातको एकान्तमा भौतिक शरीर धारण गरेर सक्रिय हुन्छ । अनेक
क्रियाकलाप गर्न थाल्छ । तिनीहरू विशेष गरेर पुरुष केन्द्रित हुन्छन् । उनीहरूलाई सताउँछन्,तर्साउँछन् र उनीहरूको आत्मा भड्काउँछन् ।
कसैकसैलाई त त्यसै छोड्दैनन्,
आफूसँगै लिएर जान्छन्, आफ्नो बनाउँछन् । उनीहरूसँग अलौकिक विशेषताहरू हुन्छन् । आफ्नो शरीरलाई जुनसुकै रूप, स्वरूप र साइज दिन सक्छन् । उनीहरू भयङ्कर
हुन्छन् । उनीहरूको फेला परेर बाँच्नेहरू भाग्यमानी हुन् ।
एकान्त मात्रै पनि हैन, उनीहरू
कहिलेकाहीँ मान्छेको भिडमै पनि आइदिन सक्छन् । एक चोटिको घटना— त्यसदिन त्यो घरमा भर्खरै
झाँक्री बसालिएर सकिएको थियो । मान्छेहरू आगो ताप्दै आँगनमा बसिरहेका थिए । सबैको लागि
भित्र प्रसाद पाकिरहेको थियो । समय रातीको यस्तै बाह्र-एक बजेको थियो ।
घरबारीको बाटो हुँदै एक आइमाई
आइन् । घुम्टो ओडेकी थिइन् । उनी आएर नजिकै बसिन् । मान्छेहरूसँग गफमा सामेल भइन् ।
राम्रैसँग घुलमिल भइन् । एक छिनमा भित्र प्रसाद तयार भयो ।
मान्छेहरू खाने सुरसार गर्न थाले
अनि एक जनाले उनलाई सोधे–“भोक
लागेको छ ? तपाईँ केही खानुहुन्छ कि ?”
उनी तत्क्षण,
बसेको
ठाउँबाट जुरुक्क उठिन् र छाती खोलेर देखाइन् । ओहो ! अकल्पनीय !! देखेर तीन जना मान्छेहरू ठाउँको ठाउँ लडे । उनीहरू त्यसपछि कहिल्यै
उठेनन् । ती आइमाई त्यहीँ अलप भइन् । बाँचेकाहरूले भन्थे–“मुटु, कलेजो र सम्पूर्ण भुँडी निकालिएको
काट्दै गर्दाको खसी जस्तो
उनको छातीभित्र मेरुदण्ड र करङबाहेक अरु केही थिएन ।”
गाउँमा यस्तै–यस्तै विभिन्न गसिपहरू चल्थे । बुढापाकाहरू अनेक कुरा गर्थे ।
केटाकेटीहरू डरले थुरथुर काँप्थे । एकान्त र अँध्यारोमा जान डराउँथे ।
हरिहरको घटनापछि मान्छेहरूमा डर बाक्लिएको थियो । किंवदन्तीअनुसार
किचकन्नीको हव मानिने पात्ले भिरको लेक बहिष्कृत हुँदै गएको थियो र हरिरहको
घटनापछि फैलिएको सन्त्रासको ह्याङओभर लामो समयसम्म रहिरह्यो ।
* * *
वि.सं.२०७१ मा बाँकेको बैजापुरमा गएर मैले सुनचाँदी पसल
खोलेँ । सुनचाँदी गरगहना बनाउन सिकेको दुई वर्षपछिबाट मैले व्यवसायिक यात्रा सुरु गरेको थिएँ । लगानी सानो
थियो, एरिया सानो थियो । मान्छेहरू त्यत्ति आउँदैनथे । मसँग बस्ने केशव भाइ,अर्को पसलको गंगा दाइ,
म बस्ने
घरको आशिष भाइ, उसको साथी विक्रम र म भएर
सधैँ दिनभर बजारबिचको अशोकको रुखको चौतारीमा बसेर
गफ गरिरहन्थ्यौँ । अशोकको शीतल छहारी, पश्चिमबाट बहने चिसो हावा, हाम्रा दैनन्दिनका प्यारा साथी थिए ।
बलौटे मोरङ्गातिरको डोरेटो बाटोमा साइल कुदाउनेदेखि राप्ती नदीमा नुहाउने र माछा
छोप्नेसम्मका हाम्रा क्रियाकलापहरू शनिबार हुन्थे । राप्ती सोनारीका गाँउहरूका
गल्लीहरूमा साँझमा मार्चपास गर्थ्यौँ । क्षितिजमा लाली लागिरहेको, एकतमास मन्दमन्द हावा
बहिरहेको, वरिपरिका घना सालघारी जङ्गलबाट अँध्यारो छाउँदै गरेको, चराहरूको चिरबिर, गाउँहरूको बास बस्ने सुरसार यी
प्रत्येक पलहरू अत्यन्तै रोचकपूर्ण लाग्थे र आजपर्यन्त
अत्यन्तै यादगार छन् ।
जङ्गल सक्किने बेला एकजना तरुनी चिच्याएको आवाज आयो । स्वर झन चर्को भयो । आवाज झन मिश्रित भयो । म आत्तिएँ । सडक ग्राबेल थियो, मोटरसाइकिलको गति बढाउँदा झन लडिने डर, स्पीड ३५ मात्रै थियो ।
धामपुर, फत्तेपुर, मिलनचोक हुँदै हामी नेपालगञ्ज जान्थ्यौँ । बाटैभरि गोरुगाडाका लस्करहरू हुन्थे ।
नेपालगञ्ज पुग्न यो रुट छोटो थियो । प्रायः यहाँका सबै मान्छे यही रुटको प्रयोग गर्थे तर बिचमा पर्ने
गोर्धाइको ६ किलोटिर लामो घना जङ्गल र सिधनियाको राप्ती पुल विशेष ध्यानाकर्षणका विषयहरू
थिए । पहिलो पटक मैले त्यो पुलमा
खिचेको फोटो मँसँग अझै छ ।
चौतारीमा बसेर हामी अनेक कुरा गर्थ्यौँ । भाइहरूले आकाशमा बादल दर्किँदा, राप्ती उर्लिँदा र गोर्धामाइमा रात पर्दाका अनेक
किस्साहरू सुनाउथेँ । एक्लै-दुक्लै रातको समयमा त्यो
बाटोमा मान्छे हिडिरहँदा गायब हुनु सामान्य हो भन्थे । त्यो स्थानमा डाँका र
हिंस्रक जनावरको आक्रमणबाट अनिगिन्ती मान्छेहरू हराएका इतिहास छन्, भन्थे । ती हराएकाहरूको बेचैन आत्माहरू साँझमा भड्किन सुरु हुने, शरीर धारण गरेर हिँड्ने, दौडिने, रुने,कराउने र फेला परेकालाई बाँकी नराख्ने गरेको कुरा सुनाउँथे
। तसर्थ रातपरेपछि
त्यो
बाटोमा कोही हिँड्दैन पनि थिए ।
त्यो बाटोमा आफूहरू किचकन्नीसँग फेला परेको धेरै
बाइकवालाहरूले पनि सुनाए ।
एक दिन हामी साथीहरू चौतारीमा बसेर भूत-प्रेत र किचकन्नीको कुरा गरिरहेका
थियौँ । एक जना स्थानीय व्यापारी आए र आफ्नो अनुभव सुनाए—
‘त्यो दिन म यहाँबाट चार बजेको समयमा नेपागञ्जको लागि निस्किएँ । भोलिपल्ट उसको बर्थडे थियो
। सुटुक्क केही गिफ्ट किनेर ल्याउने र सरप्राइज दिने मेरो प्लान थियो । घरबाट त फत्तेपुर जान्छु भन्दै
निस्किएको थिएँ, पाँच बजे नेपालगञ्ज पुगेँ
। मलाई केटी मान्छेको लागि केही किन्नै आउँदैन तर
उसले केही दिनपहिले कत्ति राम्रो
चुरा है भन्दै मलाई एउटा फोटो देखाएकी थिई,
मैले
सुटुक्क सेभ गरेर राखेको थिएँ । त्यही गिफ्ट किनेर दिने सोचेँ तर त्यो
खोज्दा–खोज्दै नेपालगञ्जमा रात परिहाल्यो । बाँकी उसको लागि एउटा घडी र केही फलफूल मात्रै किन्न भ्याएँ ।
झमक्क साँझ परिसकेको थियो । घरबाट उसको फोन आइरहेको थियो ।
म आइहालेँ भन्दै ढाँटिरहेको थिएँ ।
मलाई घर नपुगी नहुने थियो । मनमा कताकता चिसो
पस्न थालिसकेको थियो । त्यो जङ्गलको जङ्घार पार गर्नैपर्ने थियो । मोटरसाइकल स्टार्ट गरेँ । अघि बढेँ; डरकै
बाबजुद ।
जङ्गल सक्किने बेला एकजना तरुनी चिच्याएको आवाज आयो । स्वर
झन चर्को भयो । आवाज झन मिश्रित भयो । म आत्तिएँ । सडक ग्राबेल थियो, मोटरसाइकिलको गति बढाउँदा झन लडिने डर, स्पीड ३५ मात्रै थियो । थुरथुर हुँदै
मैले यताउता हेरेँ । निक्कै परबाट दुई÷तिन जना जटाधारी आईमाईहरू
मलाई हमला गर्न मतिर बत्तिदै आइरहेको देखेँ । मैले पहिलोपल्ट किचकन्नी देखेँ । मुटुले
ठाँउ छोड्यो तर हठात् सम्झना भयो— चुरा ।
चुरा किचकन्नी नियन्त्रणको उपाय हो । मैले
उसको लागि किनेको त्यो प्रिय चुराको प्याकेट उनीहरू तिरै हुर्यादिएँ । त्यसपछी पछाडिबाट
कुनै क्रन्दन र कुनै प्रतिक्रिया आएन । म दौडिरहेँ । र एक्कैपल्ट आरचाली पुग्दा
लामो सास फेरेँ ।’
यो कुरा सुनिरहेका अर्का एक वृद्ध बोले—“सुन केटा हो ! किचकन्नीहरूको बढी ध्यान युवाहरूमा केन्द्रित हुन्छ ।
युवाहरू यो अवस्थामा कसैको प्रेममा एकहोरो हुन्छन् । जस्तो र जसको पनि रूप धारण गर्न सक्ने अलौकिक शक्ति किचकन्नीहरूसँग
हुन्छ । फसौला ! विचार गरे ।”
त्यस चौतारीमा बसेर यस्तैयस्तै अनेक गफहरू त कति हुन्थे कति
!
चौतारीमा कहिलेकाहीँ भने साथीहरू आउँदैनथे । म चैँ त्यस चौतारीको निरन्तरको ग्राहक थिएँ । हरेक दिन
चौतारीमै हुन्थेँ । मेरो पसलबाट नजिकै भएको र पसलभित्र बस्दा गर्मी पनि हुने भएको
कारणले मेरो निम्ति चौतारी उपयुक्त स्थान थियो । म बेलाबेला पसलतिर नजर लगाउँदै
दिनभर त्यहाँ बसेर उपन्यास पढ्थेँ र
तीनतिरबाट आउने मान्छेहरूलाई
नियालिरहन्थेँ ।
एक दिन त्यो चौतारीमा बिहान दश बजेदेखि बाक्लो चहलपहल सुरु भयो । उक्त अशोकको
रुखमा चेलिबेटी बेचबिखनविरुद्ध केही लेखिएको ब्यानर
टाँगियो । चौतारीको चारतिरै स्पीकरहरू जोडिए । बिस्तारै–बिस्तारै ठुलै भिड जम्मा भयो । स्पीकरमा एउटा
मान्छे करायो—“आज हामी बाँकेको बैजापुर चोकमा चेलीबेटी बेचबिखनविरुद्ध सडक नाटक देखाउन गइरहेका छौँ । अब
नाटक एकै छिनमा सुरु हुँदै छ । तपाईँहरू सम्पूर्णलाई यो जनचेतनामूलक कार्यक्रममा सहभागी
भइदिन हामी हार्दिक आग्रह गर्दछौँ ।”
पसलमा बसिरहेको थिएँ,
म पनि
गएँ । नाटक सुरु भयो । ललाई–फकाई,
मन्दिरमा
लिएर बिहे गरी भारतको मुम्बई लगायत विभिन्न शहरहरूमा चेलिबेटीहरूलाई कसरी बेचिन्छ भन्ने कुरा
देखाइँदै थियो । कथामा बिहे गरेर
भारत छिराउँदै गर्दा बाँकेको जमुनाहा
नाकामा माइती नेपाल नामक संस्थाले
दलाललाई समातेको सिन सुरु भयो । माइती नेपालमा काम गर्ने एक कर्मचारीले दलाल र बेचिँदै गरेकी युवती पहिचान गरेर
नियन्त्रणमा लिएको दृश्य बडो शानदार थियो । मलाई भने कथाको विषयवस्तुभन्दा पनि ती कर्मचारीको भूमिकामा अभिनय गरिरहेकी
युवतीको बोली, प्रस्तुति र व्यक्तित्वले लोभ्यायो । म
नजानिँदो
ढङ्गले ऊप्रति
फिदा भएँ । उसले उठाइरहेको विषयवस्तु र उसले बोलिरहेका शब्दहरूमा मेरो ध्यान गएन
। म उसको हाउभाउ र सौन्दर्यमै अल्झिएँ । अल्झिरहेँ ।
मेरो मानसपटलमा एउटा धमिल दृश्य आयो । मैले यो केटीलाई
आजभन्दा पहिले कहीँ देखेकै हो । बल्लतल्ल भेउ पाएँ— टिलिक्क टल्किएका चमरामा
जुत्ता, कालो पेन्ट, कालो कोट, कालो झोला र एक चुल्ठो बाटिएको लामो सिल्की कपाल अगाडि छातीतिर
झारेर सधैँजसो दश बजे बैजापुर क्याम्पसको
गेटबाट निस्किने र मेरो पसल अगाडिबाट ओहोरदोहोर गरिरहने युवती यही हो ।
र कसैले भनेको सुनेँ— आज यो नाटक प्रस्तुत गर्ने सबै
कलाकारहरू यहीँ क्याम्पसका विद्यार्थीहरू हुन् ।
त्यस दिनबाट
ती युवतीमा मेरो विशेष ध्यान
गयो । मेरा आँखाहरू उसलाई खोजिरहन थाले । ऊ आउने बाटोतिर मेरो ध्यान डुलिरहन
थाल्यो । म उसलाई कल्पना गरिरहन थालेँ तर उसको बारेमा मलाई केही थाहा थिएन । उ को
हो ? ऊ के हो ? उसको परिचय के हो ?
सिवाय
मैले उसलाई देखेको थिएँ । नाट्य मञ्चनमा उसको बोली सुनेको थिएँ र उसको र मेरो उमेर पनि त एउटै हो–
अनुमान लगाएको थिएँ । बस्, यत्ति तर यत्ति नै पर्याप्त थिएन । म उसलाई सम्पूर्ण रुपमा
जान्न चाहन्थेँ । म उसलाई सम्पूर्ण रुपमा थाहा पाउन चाहान्थेँ र म आफूलाई सम्पूर्ण
रुपमा थाहा दिन चाहन्थेँ ।
मैले उसँग सपना बुन्न थालेँ । उसको सपना देख्न थालेँ । मेरो आँखामा उसको तस्बिर नाचिरहन्थ्यो । म उसलाई देखिरहन्थेँ ।
मलाई सर्वप्रथम उसको नाम जान्नु थियो । अझ नढाँटी भनौँ, नामभन्दा पहिले उसको जात जान्नु थियो किनकि मसँग फेरि टुक्रिन सक्ने सामर्थ्य बचेको थिएन । म भित्रैदेखि गलिसकेको थिएँ । दोहोर्याएर सामनाजीका शब्दहरू—“तिमी मेरो निम्ति कठोर
मेहेनत गरेर, आफ्ना हरेक कमजोरीहरू
सच्याउन सक्छौ होला तर आफ्नो जात कहिल्यै सच्याउन सक्दैनौ । मलाई तिम्रो कुनै
कुरासँग समस्या छैन, मात्र तिम्रो जातसँग
समस्या छ । तिमी मेरो बाटोबाट फर्केर जाऊ
।” मुकाबिला गर्न सक्ने छाती मसँग अब थिएन ।
मैले उसको निगरानी राखिरहन्थेँ । जब म उसलाई देख्थेँ, जब ऊ मेरो दृष्यको परिधिभित्र आउँथी— म
लठ्ठिन्थेँ । गरिरहेको काम छोड्नु,
बोलिरहेको
संवाद टुटाउनु, भएकै अवस्थामा स्थिर हुनु; यी
सामान्य कुरा थिए ।
मैले एक दिन यो विषयलाई घुमाउरो पाराबाट चौतारीमा पुर्याएँ । गंगा दाइले भन्नुभयो—“म यो
केटीलाई चिन्छु नि भाइ ! यो आफ्नो भाउजूसँग मेरो पसलमा आइरहन्छे, यसको भाउजू मेरो पसलको निरन्तरको ग्राहक हुन् ।”
मैले बल्ल कुराको मेसो पाएँ । फ्याट्टै नाम र घर सोधिहालेँ
। अलिकति तन्किँदै उनले भनेँ—“घर लालपुर
हो । नाम अर्निका ।”
मैले चित्तबुझ्दो जवाफ पाइनँ । कोट्याएर सोध्न थाल्यो भने शंकास्पद
हुन्छ कि लाग्यो । चुपचाप बसेँ । पछि उनी आफैँले थपे–“जात हाम्रै हो भाइ । राम्री छ है ! मन पर्यो क्या हो तिमीलाई ? घरमा कृषि फर्म छ रे । तरकारी लिन आउनु
भनेर बोलाका छन् । जाउँला एक दिन । नआत्तेयौ ।”
उनी हाँसे । म लजाएँ ।
मैले उसँग सपना बुन्न थालेँ । उसको सपना देख्न थालेँ । मेरो
आँखामा उसको तस्बिर नाचिरहन्थ्यो । म उसलाई देखिरहन्थेँ ।
मैले उसलाई हेरिरहन्छु भन्ने उसले चाल पाइछे क्यार ! मेरो
पसल अगाडिको बाटोमा आइपुग्दा ऊ सजग देखिन्थी । झुक्केर पनि मेरो पसलतिर नहेर्ने कोसिस गर्थी । हेर्दिनथी । मैले यसलाई अस्वाभाविक रुपमा लिइनँ । ग्रीन सिग्नल सम्झिएँ । घमण्ड
नारीको गहना हो ।
उसले त्यही देखाउन थाली र उसले पनि मलाई हेक्का राख्न थालिछे । त्यसैअनुरुप
प्रस्तुत हुन थाली भनेर बुझेँ ।
म दिनप्रतिदिन ऊप्रति आशक्त हुँदै गएँ । उसलाई देख्न मात्रै
सक्नु, कल्पना गर्नु, सपना
सजाउनु बाहेक अरु क्षमता ममा थिएन । मैले यो कुरा कसैलाई भन्न सकिनँ । उसलाई भन्न सक्ने झन् कुरै थिएन । म कुन्ठित बनिरहेँ ।
समय बितिरह्यो । घाउ बल्झिरह्यो ।
एक दिनको कुरा हो । समय दिउँसोको । म पसलमा बसेर किताब पढिरहेको
थिएँ । मेरो ध्यान किताबमै थियो । एककासि ढोकाबाट पाइलाका ध्वनीसहित केही मानव छाया भित्र छिरे । मैले
किताबबाट नजर हटाएँ ।
“हेलो हजुर !” पसलभित्र
उसको पाइला छिर्नुभन्दा पहिले उसको आवाज छिर्यो । म झस्किएँ । मेरो मुटुको चाल बढ्यो । एक जना सङ्गिनीसहित ढोकामा अर्निका देखा
परी ।
उसको शरीरको लेडिज फर्फ्युमको सुगन्धले म तरङ्गित भएँ । मुटुको चाल झन् तीव्र हुँदै गयो । शरीरमा काँडाहरू उम्रिए । म सम्हालिँदै उठेर, बस्न
इशारा गरेँ । उनीहरू ग्राहक दीर्घामा बसे,
जहाँ मैले कुर्सीहरू राखिदिएको थिएँ ।
अर्निकालाई मैले नजिकबाट देखेँ । उसका आँखाका नानीहरू काला
थिए । मिलेका ओठमा हल्का लिभर कलरको लाली लगाएकी थिई । एक चुल्ठो बाटेर आधा भाग पछाडि र आधा भाग अगाडि झारिएको उसको सिल्की कपाल कालो थियो । प्रचलित हाइट, मिलेको
जिउडाल र पुष्ट वक्षस्थल; उसको अगाडि कुमालेको कलाले
पनि फेल खान्छ । ऊ वर्णनातीत छ । म उसको वर्णन गर्न सक्दिनँ ।
उसको साथीको औँठी भाँचिएको रैछ । मैले जोडिदिएँ । ऊ
जानुभन्दा पहिले, उसलाई सोध्नुपर्ने कुरा
अनिगिन्ती भए पनि मैले उसलाई केही सोध्न सकिनँ ।
बल्लतल्ल उही पुरानै कुरा सोधेँ—
“हजुरको नाम ? अनि घर कहाँ हो नि ।”
“अर्निका विश्वकर्मा, लालपुर
।”
ऊ यत्ति भनेर गई । मलाई उसको बारेमा धेरै जान्नु थियो ।
बल्लतल्ल नाम जानेको थिएँ तर उसले त मेरो नाम पनि सोधिन । उसले मेरो बारेमा केही
जान्न चाहिन । मनमा कताकता ठेस लाग्यो । म भित्रैबाट दुखेँ ।
समय अगाडि बढ्यो । ऊ बाटोमा देखिन छोडी । कलेज बिदा रैछ । एक
दिन हामी उसको घरमा तरकारी लिन गयौँ । मेरा आँखाहरूले उसलाई खुब खोजे तर कहीँ
देखेनन् । यताउता जताबाट पनि आउन सक्छे, सोचिरहेको थिएँ । म उसलाई देख्नलाई
चनाखो भएर बसिरहेको थिएँ । उसको आमाले बुहारीलाई भनिन्—“अर्निका मामाघर दाङ गएको
यत्रो दिन भइसक्यो । फोन गर त ! कहिले आउछे रे ?
गई भने हत्तपत्त आउनै मान्दिनँ ।”
ऊसँग
भेट भएन । म निराश भएँ । बाटोभरि दाइले के–के कुरा गरिरहे । मैले केही सुनिनँ । उसलाई मात्रै सम्झिरहेँ ।
भोलिपल्ट गहना छिलाई गर्न म नेपालगञ्ज गएँ । मसँग
हिरो–होन्डाको लाइसेन्स थिएन । चेकिङबाट बच्न म प्रायः कुटाइममा हिँड्ने गथेँ । घाम डुबेपछि नेपालगञ्जबाट हिँडेँ । मिलनचोक पुग्दा पोलहरूमा लाइटहरू
देखिए । गोर्धाइको जङ्गल पुग्दा झमक्क रात परिसकेको थियो । जङ्गलबिचमा पुग्दा किनकिन बेस्सरी डर
लागेर आयो । बाइक मच्चाएँ । अगाडि एउटा गाडी बिग्रिएर सडक छेउमा साइड लगाइएको थियो
। त्यहाँ मानव आकृति कोही थिएन । सब सुनसान । निस्पट्ट । अन्धकार । मलाई पुराना किस्साहरू झल्झल्ती
याद आउन थाले । डरले मैले झन् झन् रफ्तारमा बाइक हाँक्न
थालेँ ।
त्यो जङ्गलमा तपाईँलाई देखेर संसार देखेजस्तो लागेको थियो तर तपाईँ एक वचन नबोली भागेर आउनुभयो । यस्तो अमानवीय मान्छे संसारमै मैले कहीँ देखेकी थिइनँ । छ्या तपाईँ ! आई हेट यु !!”
जङ्गल सकिनु एक किलोमिटर जति बाँकी थियो । पर अगाडि बाटोमा
दुई जना मानव आकृति हात दिएर
उभिरहेका थिए । शरीर फुलेर आयो । काँडा उम्रिए । म अर्को लिगबाट गएँ, स्पीडमा । उनीहरूको अगाडि पुगेर स्लो
गर्दै उनीहरूको अनुहार मजाले हेरेँ । ओ माइ गड ! अर्निका ? होइन, उसको
रुप धारण गरेर उभिएको किचकन्नी !! म बेस्सरी झस्किएँ । मुटुले ह्वात्तै ठाउँ
छोड्यो । म बेस्सरी भागेँ । बैजापुर पुगेर मात्रै पछाडि फर्किएर हेरेँ । कोही थिएन । बल्ल बाँचियो ।
गोर्धाइको जङ्गलमा भड्किरहेका प्रेत आत्माहरूले मेरो कमजोरीलाई
प्रयोग गरेर आज मलाई धन्नै खाइसकेका
थिए । चुडेलहरूका षड्यन्त्रका बारेमा पहिल्यै यथेष्ट जानकारी भएको कारण म बाँच्न सफल
भएकोमा गदगद थिएँ । बाँकी जीवनलाई नाफाको सोचिरहेको थिएँ ।
भोलिपल्ट म पसलमा बसेर बाहिर सडकतिर हेरिरहेको थिएँ ।
कताबाट अर्निका आइपुगी । म उसलाई हेदैँ सजग भएँ । ऊ त मलाई एकहोरो हेर्दै मतिर पो आउन थाली । म पनि ऊसँग नजर जुधाउँदै बसेको कुर्सीबाट उठेँ ।
“तपाई कस्तो मान्छे?” ऊ रुँलारुँला जस्तो गरेर आक्रोशित
हुँदै आएर काउन्टरमा हातले हानी–“हिजो म र मामाको छोरी दाङबाट नेपालगञ्ज हुँदै घर आउदै थियौँ । बैजापुर आउने
गाडी साँझमा जङ्गलमै बिग्रियो । सबै मान्छे आ–आफ्नोतिर गइसके । हामी हिँड्दै आइरहँदा कसको बाइक हो भनेर रोक्यौँ । त्यो जङ्गलमा
तपाईँलाई देखेर संसार देखेजस्तो
लागेको थियो तर तपाईँ एक वचन नबोली भागेर आउनुभयो
। यस्तो अमानवीय मान्छे संसारमै मैले कहीँ देखेकी थिइनँ । छ्या तपाईँ ! आई हेट यु !!”
यत्ति भनेर ऊ गई । सायद उसको आँखामा आँसु थियो । मलाई भनन्न रिङ्गटा लाग्यो । मैले सबैतिर अँध्यारो
नैँ अँध्यारो देखेँ ।
—०—
No comments:
Post a Comment