गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन हुने - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Monday, March 14, 2022

गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन हुने


पोखरा । गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन पोखरामा हुने भएको छ । गीतकार प्रतिष्ठान, नेपालको आयोजनामा आगामी चैत ५ गते शनिबार, दिउँसो १ बजे पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा हुने गीत वाचनमा गण्डकी प्रज्ञा–प्रतिष्ठानले सहकार्य गर्ने भएको छ ।

कवि तथा संस्कृतिकर्मीका रूपमा परिचित श्रेष्ठकोे ‘मेरै हिमाल जस्तो’ गीतसङ्ग्रह प्रकाशित छ । उनका आमा..., मेरै हिमाल जस्तो..., हिउँमा लेखिएका नाउँहरू..., पाइला पाइला काँडा टेकेँ... लगायतका गीतहरू चर्चित छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्य सचिवसमेत रहेका श्रेष्ठका तीर्थ श्रेष्ठका कविताहरू, पाइलाका निबहरूले, जिन्दगीको कुरुक्षेत्रबाट, महाभारतको गीत, जिन्दगीको गोधूलिमा, धर्सैधर्साको चव्रmव्यूहलगायतका कृतिहरू प्रकाशित छन् । कार्यव्रmममा गीतकार श्रेष्ठले करिब २ दर्जन गीत वाचन गरेर सुनाउने छन् ।

गीत गेय विधा भए पनि यसलाई वाचन र पठन गर्न पनि सकिन्छ भन्ने प्रमाणित गर्ने उद्देश्यले कार्यव्रmम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाले जानकारी दिए । गीतको वास्तविक सर्जक गीतकार सधैँ छायामा पर्ने गरेको तितो यथार्थलाई दुरुत्साहन गर्दै गीतकारलाई विभिन्न माध्यमबाट स्थापित गर्ने प्रयत्नमा संस्था लागिपर्ने अध्यक्ष खनियाको भनाइ छ ।

संस्था स्थापनाको पहिलो वार्षिकोत्सवका सन्दर्भमा प्रतिष्ठानले नेपाली गीति परम्परामा नौलो खालको कार्यव्रmम आयोजना गरेको सचिव अनुराग अधिकारीले बताए । उनका अनुसार वि. सं. २०७७ चैत ६ गते जिल्ला प्रशासन कार्यालय, कास्कीमा प्रतिष्ठान दर्ता भएको थियो । आगामी दिनमा पनि गीत–सङ्गीतको उत्थान र गीतकारको हकहितका लागि संस्थाले विभिन्न अभियानहरू सञ्चालन गर्ने तयारीमा रहेको सचिव अधिकारीले जानकारी दिए ।





No comments:

Post a Comment