गजल
- रमेश प्रभात
तिमी आयौ खुसी ल्यायौ रमाएको थिएँ पूरै,
नभागून् यी खुसी भन्दै समाएको थिएँ पूरै।
रुखासुक्खा थियो छाती मरुस्थलै बनेको ‘थ्यो,
साँचेको ‘थेँ र छातीमा जमाएको थिएँ पूरै।
थिएँ एक्लो जहाँ जाँदा जसो गर्दा चलेकै ‘थ्यो,
तिमीलाई भनी मैले कमाएको थिएँ पूरै।
तिमीलाई खुसी राख्ने मनैदेखिन् थियो चाह,
तिमी जाँदा सबै चाह थमाएको थिएँ पूरै ।
चितवन
No comments:
Post a Comment