पोखरेली युवा सांस्कृतिक परिवारमा भुजेल - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, December 19, 2020

पोखरेली युवा सांस्कृतिक परिवारमा भुजेल

 

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षमा मोती भुजेल चयन भएका छन् ।

 शनिबार पोखरामा सम्पन्न ४० औँ साधारणसभा तथा अधिवेशनले भुजलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । भुजेल निवर्तमान समितिको कोषाध्यक्ष थिए । मूलतः कथाकारका रुपमा परिचय बनाएका भुजेल व्यवसायिक व्यक्तित्व पनि हुन् । उनीसँग परिवारको कोषाध्यक्ष भएर कार्य गरेको लामो अनुभव छ ।

 कार्यसमितिको उपाध्यक्षमा उपेन्द्र पौडेल दोहोरिएका छन् । निवर्तमान कार्यसमितिका सचिव अर्जुन अधिकारी कोषाध्यक्षमा चयन भएका छन् भने सदस्य रहेका डा. चैतन्य अधिकारी सचिव भएका छन् । यस्तै साहित्य संयोजक रीता अधिकारी र कला संयोक हेमकान्ती गुरुङ पनि दोहोरिएका छन् । समितिको सहसचिवमा शिव त्रिपाठी, सङ्गीत संयोजकमा एमडी काफ्ले तथा सदस्यहरुमा प्रकाश पोखरेली, सुदर्शन पौडेल, दीपेन्द्र थापा 'अरुण', लिली अधिकारी र तीर्थ गुरुङ रहेका छन् ।

 समितिको कार्यकाल २ वर्षको रहने छ । २०३५ सालमा स्थापित पोखरेली युवा सांस्कृतिक परिवार पोखराकै पुरानो संस्थामध्ये एक हो । परिवारले कला, साहित्य र सङ्गीतका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । नेपालमै पहिलो पटक टिकटमा मुक्तक कार्यकम यही संस्थाले गरेको थियो ।




No comments:

Post a Comment