एकाङ्की -सङ्कल्पका आवाजहरू –सरस्वती श्रेष्ठ ‘सरू’ - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, August 11, 2013

एकाङ्की -सङ्कल्पका आवाजहरू –सरस्वती श्रेष्ठ ‘सरू’

एकाङ्की

                    सङ्कल्पका आवाजहरू

                                                                                     –सरस्वती श्रेष्ठ ‘सरू’

    समाजमा दिनानुदिन (गाउँ होस् या सहर) महिलामाथि हत्या, हिंसाको पाशविक घटनाहरु बढिरहेका छन् । यसरी राष्ट्रमा महिलामाथि बढिरहेको हत्या, हिंसा, बलात्कारका घटप्रति सरकारको ध्यानाकर्षण नहुनुमा समाजका सचेत महिला वर्ग गम्भरि देखिन्छन् । सरकारको यस्तो उदासीनताप्रति उनीहरु असन्तुष्टि व्यक्त गर्दै १०३औं अन्तर्राष्ट्रिय महिला दिवसका दिन छलफलमा सहभागी हुँदै छन् ।

स्थान: नगरपालिकाभित्रै पर्ने एउटा वडा जहाँ सहर र गाउँका मानिसहरुको आवतजावत भैइरहन्छ ।
समय: अन्तर्राष्ट्रिय महिला दिवसको दिन, दिउँसो १ बजे ।
पात्रहरु: महिला – १, २, ३, ४, ५, ६ ।

महिला १: सुन्यौ दिदीबहिनी हो ? महिलामाथि फेरि अर्को अत्याचार भएको छ ।
महिला २:   (दिक्क मान्दै) सुनिरहेका छौं । मात्र सुनिरहेका त छौं । कहिले के गर्न सकेका थियौं र फेरि के गर्न    
           सक्छौं ?
महिला ३: (शालीनता दर्शाउँदै) कुरा गम्भीर छ साथी हो । यसरी दिनदिनै बढ्दै गइरहेको अत्याचार कसरी  
           सहने ? कति खप्ने ? के महिलाहरु मानिस होइनन् ? पुरुषमा मानवता छैन ? कि तिनीहरु नै पशु  
           भएका हुन् ?
महिला ४: (आक्रोशित हुँदै) पशु पनि भन्न मिल्दैन साथी हो त्यस्तालाई । पशुले यति निकृष्ट व्यवहार गर्न 
      सक्दैन । यिनीहरु त पशुभन्दा पनि तल गिरिसके । अब यिनीहरुकै अस्तित्व मेटिनुपर्छ । (रिसले 
      मुर्मुरिँदै र चोर औंला ठड्याउँदै)
? हेर ... ! महिलाहरुको सुषुप्त रगत उम्लेपछि के गर्छन् ?
महिला १: (स्थितिलाई शान्त पार्न खोज्दै) यसरी आवेशमा आएर मात्र कहाँ हुन्छ र ... ! समस्या कम गर्नेतर्फ 
          ध्यान दिऊँ ।
महिला ५: यस्ता घरेलु हिंसा, बलात्कार, महिलाहरु आफैं आत्महत्या गर्नुका पछाडि कतै महिलाहरुभित्रै त   
          कमजोरी छैन ? यसतर्फ पनि विचार पु¥याउनुपर्ने हो कि साथी हो ?
महिला ६: (सहमति जनाउँदै) उहाँको कुरा जायज होजस्तो लाग्छ मलाई पनि । महिला आफंै सचेत नहुनु पनि
          यस विषयको कमजोरी हो र २१औं शताब्दीसम्म आइपुग्दा पनि महिलाहरु पुरुषकै अधिनमा रहनुपर्ने 
          बाध्यता भएर पनि हो ।
महिला २: (यस कुरालाई खण्डन गर्दै) होइन, महिलालाई मात्र किन दोष ? महिला आफू सचेत र सक्षम हुँदाहुँदै
          पनि पुरुषहरु बहुलाउँछन् त । ती बहुलाउने पुरुषहरुको दिमाग ठीक ठाउँमा ल्याउन महिलाहरुले         
         उनीहरुलाई नै अधिनमा राख्नु पर्ने हो ।
महिला ३: (महिला २ को भनाइलाई जोड दिँदै) हो त, ठिकै हो उहाँले भन्नुभएको पनि । यस्ता घटनाहरु
 हुनबाट जोगाउन समाजका नागरिकहरु सबै सचेत हुनुपर्छ । सचेत हुनलाई शिक्षित हुनुपर्छ । शिक्षित  हुनलाई साक्षर हुनुपर्छ । साक्षर हुन र गराउन सरकारले अभियान चलाउनुपर्छ । नेपालमा २ करोड जनता छन् । २ करोडमा आधाभन्दा बढी सङ्ख्यामा महिलाहरु नै छन् । यी सबै महिलाहरुमा ऐक्यबद्धता हुने हो भने त यिनीहरुको के लाग्थ्यो र ....¤ अब हामीले ऐक्यबद्धता जनाउनुप¥यो ।
महिला ४: के साध्य हुन्थ्यो यस्तो कुरा ....? महिलाले महिलाकै गुनियो धुन पछि पर्दैनन् । हेर साथीहरु हो, महिलामाथि घट्ने यस्ता घटनाप्रति महिलाहरु नै हावी हुन्छन्, अनि कसरी हुन्छ समस्याको सामाधान ? र आउँछ घटनाहरुमा कमी ? उ ...... अस्तिको घटना देखिनौं प्रत्यक्ष ? दुर्गादेवीकी बुहारीले दाइजो ल्याइन भनेर सासू र आमाजू मिलेर बुहारीको हत्या गरेको ? बुहारी सुशील थिई, शिक्षित थिई । छोरो पनि पढेलेखेकै हो । कस्तो बुद्धि हुन्छ भन्या’ कसैको त ?
महिला १: सही कुरा... शिक्षित मात्र भएर पनि पुग्दो रहेनछ । मानिसमा अचेल मानववादको कमी भएको महसुस हुन्छ । भावना, संवेदना जागृत  हुुनुपर्छ के मान्छे हुनलाई । मान्छे, मान्छेजस्ता छैनन् आजभोलि ।
महिला २:  दुर्गादेवीकी बुहारीको हत्याकाण्ड कहाँसम्म पुगेको छ हँ ?
महिला ६: बुहारीकी माइती पक्षकाले चुप लागेर किन बस्थे ? बस्नै पनि भएन । चुप लागेर बस्ने हो भने त अरुलाई पनि थप हौसला मिल्छ नि यस्ता घटना दोहो¥याउनलाई । गाउँका सबै आमा समूह र महिला समूहको नेतृत्वमा यो विषयमा जि.प्र.का.मा मुद्दा दर्ता भएको छ । दुर्गादेवीको पूरा परिवारमाथि छानबिन चलिरहेको छ । कहाँ छोड्नुहुन्छ त्यसै ?
महिला ३: (गम्भीर हुँदै) यस्ता घटनाहरु अविकसित र विकासोन्मुख राष्ट्रमा जहाँ पनि घटिरहन्छन् । यसको प्रमुख कारण गरिबी हो ।
महिला ५: (आश्चर्यको भावमा) बलत्कारको केसमा गरिबीसँग के सम्बन्ध ?
महिला १: (सम्झाउँदै) गहन रुपमा सोच्ने हो भने सम्बन्ध छ कसरी भने... गरिबीको कारण सबै नागरिक साक्षर हुन सकेका छैनन् । साक्षर भएका भए केही न केही घटनाबारे जानकारी प्राप्त गर्न चासो राख्छन् । यस्तो किसिमको घटना किन घट्नुहुँदैन, घटना घटेमा आफूलाई कस्तो असर पर्छ, समाजलाई र राष्ट्रलाई नै कस्तो असर पर्छ भन्ने कुरा चेतनामा नआउने हुँदा मानिसले जानी नजानी घटनाहरु घटाउँछन् । गरिबीले चेतनास्तर पनि अलि घटाउँछ क्या ...... । गरिब महिलाहरु अझै पनि अशिक्षित छन् । आफूलाई कसैले ललाइफकाइ गरेको पनि बुझ्दैनन् । आजभोलि काम लगाइदिन्छौं भन्दै धनको लोभमा महिलाहरुलाई विदेशी मुलुकमा अलपत्र पारेका घटना सुनिएको छैन ? हो...... अशिक्षाको कारण लानेले जता लगे पनि सुरुसुरु पशुझैं डोरिदै जान्छन् महिलाहरु । समाजमा घटेका घटनाहरु सुन्ने, बुझ्ने, छानबिन गर्ने विवेक भएको भए यस्तो हुन पाउँथ्यो र ..... ?
महिला ३:  हो त .... अस्ति भर्खरै भारतमा एक युवतीमाथिको बलत्कार, पाकिस्तानमा १२ वर्षकी बालिकामाथिको बलात्कार...पाशविक होइन ? होइन, पुरुषहरु नारीलाई के ठान्छन् हँ .... ? के महिलाहरु उनीहरुको प्यास बुझाउने नदी हुन् ? जहाँ जतिखेर पायो त्यतिखेल तिर्खा मेटाउनलाई ? के महिला, महिला भएर जन्मनु दुर्भाग्य हो ?
महिला ६: (महिला ३ को विचारप्रति सहमति जनाउँदै) त्यही त भन्या ! हरेक पुरुषले महिलालाई सम्मानित नजरले हेरुन् न । हेरक महिलालाई आमा, दिदी, बहिनी, भाउजू, बुहारी, काकीसरह हेरुन् । के तिनका घरमा यिनै नाताका महिलाहरु छैनन् ? कतिसम्म हेप्न सकेका हँ ?
महिला ४:  (अलिकति पुरुषप्रतिको सकरात्मक सोच राख्दै) हुन त पुरुष भनेर सबै पुरुष एकनास हुँदैनन् । महिला भनेर महिला पनि सबै एकै त कहाँ हुन्छन् र.... तर दिदी बहिनीलाई मर्का परेको बेला गाउँ÷सहरका भद्र भलाद्मीहरुले पनि त साथ दिनुप¥यो नि र राजनीति नै चल्छ जहाँ पनि हुने खाने र अलि आवाज उठाउन सक्नेको मुद्दा हेरिन्छ, नत्र त्यसै रहन्छ । के अशक्त र निमुखाको कुनै कानुन हुँदैन ? तिनीहरुले न्याय नपाउने ? (सबै महिलाहरु एकै स्वरमा सहमति जनाउँछन् । बहस चर्काचर्की चलिरहन्छ )
महिला ५: साथी हो ! यसको निम्ति हामी महिला आफैं सचेत र सजग हुनु नितान्त आवश्यक छ । हामी दह्रो र बलियो हुन सक्यौं भने कसैले केही गर्न सक्दैन । हामी सबै मिलेर अशिक्षित तथा निमुखा महिलाहरुलाई जागरण गराउन एउटा अभियान नै थालौं । घरेलु हिंसा अन्त्य गराउन घर दैलो कार्यक्रम राखि सबैलाई जनचेतना जगाउने कोशिस गरे कसो होला ?
                    (सबैले एकै स्वरमा सहमति जनाउँछन् ।)
महिला १: विवाहमा दाइजो दिने र लिने प्रक्रियामा पनि रोक लगाउनुप-यो । घरेलु हिंसाको एउटा जड त यो पनि हो । यसका लागि त घरघरबाट आमा–बा, दाजुभाइ, दिदीबहिनी सबैलाई अनिवार्य रुपमा भेला गराएर जनचेतना जगाउने काम गरे कसो होला ? अनि महिला भएर महिलाकै विरुद्धमा लाग्ने, छोरी मात्र जन्माएकी बुहारीलाई हेलाँ गरी छोराहरुलाई दोस्रो विवाह गर्न सघाउनेजस्ता अपराधिक कामहरुलाई पनि निरुत्साहित पार्ने कामतिर पनि हामीले ध्यान दिनुप¥यो ।
महिला ३: (महिला १ को कुरामा सहमति जनाउँदै) ठीक कुरा गर्नुभो यहाँले । अब हाम्रंो अभियान भनेको यही र यस्तै कुराहरुसँग सम्बन्धित रहनेछन् । हामीले हाम्रो यो गाउँ र सहरलाई सबैका सामु दलीय स्वार्थभन्दा माथि उठेर काम गरेर देखाउनुपर्छ । महिलामाथि हुने गरेका भेदभावविरुद्ध सचेतना जगाउनु पनि आवश्यक छ ।
         (बहस चलिरहेकै बेला नेपथ्यमा स्थानीय एफ.एम.बाट समाचार प्रसारण भइरहन्छ, आफ्नै बाबुद्वारा आफ्नै छोरीलाई बलत्कार, छलफलमा सहभागी महिलाहरु केही क्षण स्तब्ध हुन्छन्, पुनः आक्रोशित बन्छन् ।)
महिला ६: धिक्कार ! छ त्यस्ता बाबुको जन्म !
महिला ५: अब समाजले त्यो पशुलाई यस्तो सजाय सुनाउनुपर्छ कि त्यो सुनेर ऊ जुनीभर पछुताओस् । बाबुको नाउँमा कलङ्क ! पाप र धर्मको पनि ख्याल नभएको पाखण्डी रहेछ त्यो ।
महिला ३: त्यसैले साथी हो ! अब आजैदेखि यस्ता घटनाहरु फेरि दोहोरिन दिनुहुँदैन । गाउँ÷सहरभरि हाम्रो अभियान चलाइहालौं, ढिलो नगरी यही सङ्कल्पका साथ आजको छलफल यहीं टुङ्ग्याऊँ ।
         (सबैले ताली बजाएको आवाज आउँछ । नेपथ्यमा धेरै पदचापहरुको आवाज गुञ्जन्छन् । बिस्तारै आवाज हराउँदै जान्छ ।



No comments:

Post a Comment