लघुकथा– दीपक समीप - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, July 28, 2013

लघुकथा– दीपक समीप

लघुकथा

                                           डर

– दीपक समीप




फरक–फरक जीव, जीवात्माहरू एक दिन एउटा रुखमुनि बसेर सबैले पालैपालो आफ्ना कुराहरू राख्दै थिए ..... ।

गुलाबले भन्यो– म काँडाहरूको बीचमा पनि बाँचिरहेको छु । आजभोलि मलाई काँडाप्रति आस्था छ ।

परेवाले भन्यो– म बाजहरूको बीचमा पनि बाँचिरहेको छु । आजभोलि मलाई बाजप्रति अलिकति विश्वास छ ।

मृगले भन्यो– म सिंहहरूको बीचमा पनि बाँचिरहेको छु । आजभोलि मलाई सिंहप्रति थोरै भरोसा छ ।

एवम् क्रमले अरुअरु जीवहरूको पनि बोल्ने पालो आउँदै थियो । त्यसै बीचमा एउटा मान्छे कताबाट अचानक टुप्लुक्क आइपुग्यो । तत्पश्चात सबैको भागाभाग भयो ..... ।


पोखरा

No comments:

Post a Comment