पत्रकार मनोज घर्ती मगरको २ कृति बजारमा - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Tuesday, April 7, 2026

पत्रकार मनोज घर्ती मगरको २ कृति बजारमा

 


पोखरा चैत २४ गते । लेखकइतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुई पुस्तक बजारमा आएका छन् । मगर जातिको इतिहास’ र भर्तीको ‘फन्दा’ पुस्तकको दोस्रो संस्करण हालै बजारमा आएका हुन् ।

इतिहास तथा संस्कार र संस्कृति गरी दुई भागमा विभाजित ‘मगर जातिको इतिहास’ पुस्तक १७६ पृष्ठको छ । पुस्तकमा मगर जातिको परिचयमगर जातिको प्राचीनतामगरको उत्पत्तिकसरी भयो मगर नामकरण ? मगरातमगरको मुल थलोमगर राज्य र राजाहरुमगरका थर र उपथर  , मगर भाषाधर्म संस्कारपूजा संस्कारकर्म संस्कारविवाह संस्कारमगर समुदायका लोकबाजा लगायतका विषय समेटिएका छन् । पुस्तकको प्रकाशक हङकङ निवासी कविता थापामगर हुन् ।

यसै गरी २०७१ सालमा प्रकाशित भर्तीको फन्दा पुस्तकको परिमार्जित दोस्रो संस्करणमा पनि बजारमा आएको छ । पिपलतुङ रिसर्च एण्ड डेभलपमेन्ट हब ललितपुरले प्रकाशन गरेको २६० पृष्ठको भर्तीको फन्दा गोर्खा सैनिकको इतिहास सम्बन्धी पुस्तक हो । 

भर्तीको फन्दा केवल गोर्खा भर्तीको इतिहासमा सीमित छैनयसले नेपाली समाजखास गरी मगरगुरुङराईलिम्बूलगायतका समुदायहरूको जीवनसंस्कारसङ्घर्ष र मनोविज्ञानलाई गहिरो रूपमा विश्लेषण गरेको छ’ प्रकाशन संस्था पिपलतुङ रिसर्च एण्ड डेभलपमेन्ट हबका अध्यक्ष माया रोका मगरले भनिन्,‘तत्कालीन समयमा राज्यले नै केही निश्चित जातिलाई छानी छानी भर्तीमा पठाएको र त्यसले नेपाली समाजमा पारेको गहिरो असरलाई कृतिले उजागर गरेको छ ।’

 पुस्तकले “लाहुरे” संस्कृतिको आकर्षण र त्यसका अन्तरनिहित पीडाहरूलाई ऐतिहासिक प्रमाण र जीवन्त कथनमार्फत प्रस्तुत गरिएको यस पुस्तकले स्थापित धारणा र विमर्शलाई नयाँ दृष्टिकोणबाट पुनर्विचार गर्न प्रेरित गरेको छ ।

अध्यक्ष रोका मगरका अनुसार पुस्तकले इतिहासलाई केवल गौरवगाथाको रूपमा मात्र नभई आलोचनात्मक दृष्टिले हेर्ने प्रयास समेत गरेको छ । यसले राज्यसमाज र व्यक्तिबीचको सम्बन्धलाई पुनः परिभाषित गर्दैविगतका अभ्यासहरूको वर्तमानमा परेको प्रभावबारे गम्भीर बहसको ढोका खोलेको छ । “भर्तीको फन्दा” ले पाठकअनुसन्धानकर्तानीति निर्माता तथा सरोकारवालाहरूबीच अर्थपूर्ण संवाद र बहसलाई थप सशक्त बनाउने छ ।

लेखक मनोज घर्तीमगरले केही दिनमै पोखरा र काठमाडौंमा बृहत कार्यक्रम गरी किताबको विमोचन गर्ने बताएका छन् । उनले पाठकलाई सहज रूपमा उपलब्ध होस् भन्ने हेतुले विमोचनअगावै पुस्तक बजारमा पठाइएको सुनाए । नेपाल खुल्ला विश्वविद्यालयमा मगर इस्टडिजका अध्यापक लेखकले त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा पिएचडी गर्दै छन् ।

No comments:

Post a Comment