चोखो प्रेम (लघुकथा) –अनुराग अधिकारी - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Thursday, May 18, 2023

चोखो प्रेम (लघुकथा) –अनुराग अधिकारी

 लघुकथा

चोखो प्रेम

–अनुराग अधिकारी

२० पुगेर २१ लागेकी चमेलीको सुन्दरता देखेर लोभिने युवाहरूमध्ये एक थियो रामप्रसाद । चमेलीको हरेक सुख, दुःखमा साथ दिँदै आएको थियो उसले । भन्थ्यो, ‘चोखो माया गर्छु, बाहिरी र बनावटी मनदेखि नै माया गर्छु ।’ 

रामप्रसादले वासनात्मक तवरले चमेलीलाई कहिल्यै पनि हेरेन । ‘विवाहअघि स्पर्श पनि गर्दिनँ’ भन्थ्यो । ‘कसैले कर्के नजरले हे¥यो भने म त्यसको बङ्गारा झारिदिन्छु, चमेली केवल मेरी हो मेरी’ भन्दै फुर्ती लाउँथ्यो । चमेलीको मनमा भने चञ्चलता दिनदिनै बढ्दै थियो ।

चमेलीको घरमा मान्छेहरू जम्मा भएको रामप्रसादले देख्यो । ऊ सासै नफेरी दौडेर त्यहीँ पुग्यो । चमेलीकी आमा रुँदै थिइन्, ‘नकटीले हाम्रो नाकै काटेर गई । पोइल नै जानु थियो भने अलि गतिलासँग गए पनि त हुन्थ्यो नि !’ सबै तमासा हेरिरहेका थिए । रामप्रसादको चोखो प्रेम पनि टोलाइरहेको थियो ।  

पोखरा


No comments:

Post a Comment