पोखरा । रूपा वाङ्मय प्रतिष्ठान, रूपा गाउँपालिका, कास्कीले आफ्नो वार्षिक साधारण सभा तथा प्रथम स्थापना दिवस सम्पन्न गरेको छ । रूपा गाउँपालिका वडा नं. ५, देउरालीमा शनिवार आयोजित कार्यक्रममा संस्थाका सचिव मदन घिमिरेले प्रस्तुत गरेको प्रगति तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
कार्यक्रमका
प्रमुख अतिथि रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले कला, साहित्य
र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता
जनाए । उनले यस्ता संस्थाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण
भूमिका खेल्ने उल्लेख गर्दै गाउँपालिकाको साथ निरन्तर रहने विश्वास दिलाए ।
कार्यक्रम
तथा संस्थाका अध्यक्ष आदर्श पोखरेलले प्रतिष्ठान स्थापना भएयता छोटो अवधिमै
विभिन्न सिर्जनात्मक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न सफल भएको बताए । उनले
आगामी दिनमा भाषा, साहित्य, कला र संस्कृतिको जगेर्ना गर्दै नयाँ
पुस्तालाई समेत यसतर्फ आकर्षित गर्ने लक्ष्य लिइएको उल्लेख गरे ।
सहसचिव
सुजन गौतमको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव मदन घिमिरेले गरेका थिए । कार्यक्रममा
साहित्यकार नवराज बरालले पनि शुभकामना दिएका थिए ।

No comments:
Post a Comment