८१औं नियमित लघुकथा वाचन सम्पन्न - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, January 25, 2026

८१औं नियमित लघुकथा वाचन सम्पन्न

 


पोखरा । लघुकथा प्रतिष्ठान पोखराद्वारा आयोजित ८१औँ नियमित लघुकथा वाचन शनिवार सम्पन्न भएको छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सूर्य खड्का 'बिखर्ची' ले गद्य क्षेत्रमा भइरहेका कार्यक्रममा पोखरेली लघुकथाकारहरूले राम्रो दखल जमाएको प्रसङ्ग उल्लेख गरे । उनले भने, 'प्रज्ञा प्रतिष्ठानले विगतमा सबै साहित्यकारहरूका आवश्यकतालाई  जोड्न नसके पनि पछिल्ला दिनमा आफूले साहित्यकारहरूलाई कुनै न कुनै प्रकारद्वारा अलिकति भने पनि सहयोग गर्न पाउँदा बेग्लै साहित्यिक आनन्द महसुस भएको छ ।'

पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक डा. लक्ष्मीशरण अधिकारीले लघुकथा लेखन कार्य अरू विधामा जस्तो सजिलो नहुने बताए । 'खुला समापनमा लेखिने कथाले पाठकको मनमस्तिष्क तान्दछ ।' उनले भने ।

लघुकथा प्रतिष्ठानका अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा भएको सो कार्यक्रममा १९ जना लघुकथाकारहरूले आआफ्ना लघुकथा वाचन गरेका थिए । लघुकथा वाचन गर्नेहरूमा ढाकामोहन बराल, गायत्री पराजुली, स्ट्रगल राना, कृष्णप्रसाद (राजु) बास्तोला, सरस्वती श्रेष्ठ 'सरू', गीता तिवारी, डा. नवराज न्यौपाने, लोकनाथ पुडासैनी, जमुना कायस्थ, आवाज शर्मा, विद्याविमल बराल, लक्ष्मण गौतम 'हिमाली', लोचना अधिकारी, नारायण लामिछाने,  मिलन केसी, विष्णु बास्तोला, लघुकथा प्रतिष्ठानका सल्लाहकार  लक्ष्मण थापा, अर्का सल्लाहकार अल्पविराम पोखरेली, डा. लक्ष्मीशरण अधिकारी र कल्याण पन्त  थिए ।  सो कार्यक्रममा लघुकथा प्रतिष्ठानका उपाध्यक्ष गीता तिवारीले लघुकथाकारहरूलाई स्वागत गरेकी थिइन् भने सो प्रतिष्ठानका सचिव विष्णु बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए ।

२०७४ चैत १० गते भएको  साहित्यकारहरूको व्यापक छलफलपछि पोखरामा हरेक महिनाको दोस्रो शनिवार नियमित लघुकथा वाचन हुँदै आएको छ ।

No comments:

Post a Comment