स्याङ्जामा नयाँ अभ्यासः पाण्डुलिपिमाथि विमर्श - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Tuesday, December 30, 2025

स्याङ्जामा नयाँ अभ्यासः पाण्डुलिपिमाथि विमर्श

 


वालिङ, स्याङ्जा, पौष १५ गते । निबन्धकार वसन्त खनालकृत निर्बन्ध-आख्यान कृतिको पाण्डुलिपिमाथि केन्द्रित विमर्श मङ्गलवार स्याङ्जाको वालिङमा सम्पन्न भएको छ ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको सातौँ वर्षोत्सवका अवसरमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३९ औँ पाइलाका रूपमा स्याङ्जाली साहित्यको इतिहासमै यसरी पहिलो पटक आयोजना गरिएको निर्बन्ध-आख्यान कृतिको पाण्डुलिपिमाथि विमर्श कार्यक्रम सम्पन्न गरियो ।

निबन्धकार वसन्त खनालकृत नवीनतम निर्बन्ध- आख्यान कृतिको पाण्डुलिपिमाथि केन्द्रित रहेर आयोजना गरिएको विमर्श कार्यक्रमलाई वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवाकवि तथा साहित्यिक अभियन्ता मिलन समीरले सहजीकरण गरेका थिए ।

कार्यक्रममा प्रस्तुत निर्बन्ध-आख्यान कृतिका स्रष्टा निबन्धकार वसन्त खनाल, कृतिका सम्पादक मिलन समीर, वक्ताद्वय अभियानका संस्थापक अभियन्ता शम्भु अर्याल र अभियन्ता पारिश्वर न्यौपानेद्वारा प्रस्तुत कृतिमाथि केन्द्रित रहेर गहन पाठकीय समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा अग्रज कवि ध्रुवप्रसाद शर्मा पङ्गेनी र साहित्यप्रेमी व्यक्तित्व चक्र डुम्रेले नवीनतम निर्बन्ध-आख्यान कृति प्रकाशनारम्भ भएकोमा खुसी प्रकट गर्दै शुभकामना दिएका थिए ।

No comments:

Post a Comment