पोखरा । साहित्य शृङ्खला पोखराको नियमित रचना वाचनको २७७ औँ शृङ्खला शनिवार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा स्रष्टाहरूले तिहार विशेष गीत, कविता, कथा वाचन गरेका थिए ।
कार्यक्रममा संस्थाका
सल्लाहाकार, दर्शनशास्त्री वामबुद्धिजीवी रामराज
रेग्मीले तिहारका बारेमा मिथक, अन्धविश्वास, रुढीवादी परम्परा र दीपावलीको महत्त्वका बारेमा प्रकाश पारेका थिए ।
नेपाल प्रज्ञा
प्रतिष्ठानका प्राज्ञ सभा सदस्य नारायण मरासिनीले कार्यक्रममा वाचित रचनाको
समीक्षा गरेका थिए ।
सल्लाहकार नारायण
परिश्रमी, धनबहादुर नेपाली, संस्थापक स्ट्रगल राना, सङ्गम
सांस्कृतिक मन्चका अध्यक्ष काजी गाउँले, सङ्गमका सचिव विकास
लुङ्गेलीले तिहार विशेष रचना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लघुकथा
प्रतिष्ठानका अध्यक्ष कल्याण पन्त, साहित्यकार विद्याविमल बराल, संस्थाकी निवर्तमान लक्ष्मी थापा, पूर्व अध्यक्ष लोकनाथ
पुडासैनी, लक्ष्मीप्रसाद पौडेल, छविलाल
आचार्य, प्रलेस कास्की अध्यक्ष छवि सुवेदी 'विजयी`, रामजी थापा, धनप्रसाद
तामाङ, राम घले परियार, सुन्दर तामाङ, मुक्तिनाथ अधिकारीलगायतले रचना वाचन गरेका थिए ।
लक्ष्मण गौतम हिमालीको
अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन काजी गाउँलेले गरेका थिए ।
No comments:
Post a Comment