लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका, वडा नम्बर ५ को कार्यालयद्वारा हरितालिका तिजका अवसरमा आयोजित खुला तिजगीत प्रतियोगितामा चर्दी आमा समूह, मध्यनेपाल-३ प्रथम भएको छ । चर्दीले २५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा द्वितीय भएको
देउराली छोरीबुहारी समूह, रूपा-७, कास्कीले १५ हजार र तृतीय भएको कुभिन्डे डाँडा
टोल सुधार समाज, मध्यनेपाल-४, दुईपिप्लेले १० हजार रुपियाँ प्राप्त गरेको छ ।
त्यसै गरी लालीगुराँस आमा समूह, मध्यनेपाल-५, जनजागृति आमा समूह, रूपा-३, कास्की, एकता
क्रियाशील आमा समूह, टक्सार र शिवशक्ति आमा समूह, रामबजार सान्त्वना स्थान प्राप्त
गर्न सफल भएका थिए । प्रतियोगिताका निर्णायकहरूमा साहित्यकार सरस्वती श्रेष्ठ ‘सरू’,
सुरज उपाध्याय र रुपिन्द्र प्रभावी रहेका थिए । प्रतियोगितामा १५ समूहको सहभागिता
रहेको थियो ।
वडा नम्बर ५ की वडा
सदस्य बालकुमारी उच्चैको अध्यक्षतामा भएको कार्यक्रममा मध्यनेपाल नगरपालिकाका
प्रमुख रमेशकुमार पाण्डेले हाम्रा मौलिक संस्कृति नै हाम्रो पहिचान भएको धारणा
राखे । तिजगीतका माध्यमबाट कलाकारहरूले दिएका सन्देश जनप्रतिनिधिले ग्रहण
गर्नुपर्ने बताउँदै पाण्डेले समाजमा भएका सकारात्मक पक्षलाई पनि उजागर गर्न आग्रह
गरे । कुरीतिका विरुद्ध नारीहरूले गरेका विद्रोहको पर्वका रूपमा तिजको चर्चा गर्दै
पाण्डेले तिजले नारीप्रति सम्मान गर्ने पर्व भएको धारणा राखे ।
वडा नम्बर ५ का वडा
अध्यक्ष ओमवीर गुरुङले स्थानीय कला, संस्कृतिको जगेर्नाका लागि आफूहरू सदा
लागिरहने बताए । कार्यक्रमम वडा नम्बर ४ का वडा अध्यक्ष केशव न्यौपाने, मङ्गला
माविका प्रधानाध्यापक विष्णुहरि बाँस्तोला, सम्झना माविका प्रधानाध्यापक सन्तोष
तिवारी, युवा इभन जोशी, मालिका आविकी प्रधानाध्यापक पूर्णकुमारी गुरुङ, समाजसेवी
देवप्रसाद श्रेष्ठ, सोविता श्रेष्ठलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको
सञ्चालन वडा सचिव विमला गौतमले गरेकी थिइन् ।
सोही अवसरमा पुरानो
हटिया नेवाः समाजद्वारा लाखे नाच र ट्याकटुके नाच प्रदर्शन गरिएको थियो ।
No comments:
Post a Comment