लक्ष्मीको एकल लघुकथा वाचन र लघुकथा विमर्श एकसाथ - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, July 12, 2025

लक्ष्मीको एकल लघुकथा वाचन र लघुकथा विमर्श एकसाथ



वालिङ (स्याङ्जा), असार २८ गते । लघुकथाकार लक्ष्मी रेग्मी खनालको लघुकथा कृति "अन्त्य" को विमर्श एवम एकल लघुकथा वाचन सम्पन्न भएको छ ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौं वार्षिकोत्सवको सन्दर्भसँगै आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको सन्दर्भमा वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान २०७६स्याङ्जाको ३४ औं पाइलाको रूपमा स्याङ्जाको साहित्यिक इतिहासमै पहिलो पटक आयोजना गरिएको लघुकथा कृति विमर्श एवम् एकल लघुकथा वाचन समारोह शनिबार वालिङ-६मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा "अन्त्य" लघुकथा कृतिसँगै लघुकथा विधाको भविष्य र स्याङ्जाको साहित्यमा नारी स्रष्टाहरुको लेखनमाथि केन्द्रित रहेर वक्तात्रय अनन्त अर्यालशम्भु अर्यालइन्दु श्रेष्ठलघुकथाकार लक्ष्मी रेग्मी खनालको बिच मिलन समीरको सहजीकरणमा विमर्श गरिएको थियो ।

पुतलीबजार- १३ मा जन्मिएकी युवा लघुकथाकार लक्ष्मी रेग्मी खनाल हाल वालिङमा रहेर सिर्जना कर्ममा क्रियाशील छिन् । उनको यो लघुकथा कृति पहिलो साहित्यिक कृति हो । उनी विभिन्न समयमा भएका लघुकथा विधा केन्द्रित प्रतियोगिताहरुमा पुरस्कृत भइसकेकी छिन् ।

अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रमलाई वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६स्याङ्जाका संस्थापक संयोजक युवाकवि मिलन समीरद्वारा सहजीकरण गरिएको थियो ।

कार्यक्रममा स्याङ्जाली स्रष्टाहरु सरस्वती अर्यालगुरु ढकालभविश्वर पङ्गेनीखगेन्द्रजङ थापाशोभाकान्त रेग्मीविष्णु पगेनी पाण्डेजी.बी. रानास्मारिका अर्यालपारिश्वर न्यौपानेराजु गैह्रेवसन्त खनालसूर्यांश अर्याल र ध्रुवप्रसाद शर्मा पगेनीलगायतद्वारा आफ्ना उत्कृष्ट  रचनाहरु वाचन गरिएको थियो ।

No comments:

Post a Comment