विपीको स्मृतिमा पोखरामा काव्य गोष्ठी - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Tuesday, July 22, 2025

विपीको स्मृतिमा पोखरामा काव्य गोष्ठी

 


पोखरा । नेपाली लेखक सङ्घ, कास्की र गण्डकी प्रदेश कमिटिको संयुक्त आयोजनामा ४३ औँ विप स्मृति दिवसका अवसरमा पोखरामा विशेष काव्य गोष्ठीसहित नेपाली साहित्य तथा राजनिका शिखर व्यक्तित्व विप कोइरालाको स्मरण गरिएको छ।

नेपाली लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश कमिटिका अध्यक्ष कवि  डा. ईश्वरमणि अधिकारीको अध्यक्षतामा सङ्घका पूर्व अध्यक्ष, कवि तथा संस्कृतिकर्मी  तीर्थ श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त काव्य गोष्ठीमा सभापति डा अधिकारीले स्वागतसहित कार्यक्रमाथि प्रकाश पार्दै लेखकीय तथा अभिव्यक्ति स्वतन्त्रता का पक्षमा नेपाली लेखक सङ्घले गर्दै आइरहेको पहरेदारी तथा खबरदारीको चर्चासहित विपीको साहित्यिक लेखनका आयाम तथा दर्शनामाथि चर्चा गर्नुभयो । नेपाली लेखक सङ्घ कास्कीका कार्यवाहक अध्यक्ष कमल पौडेल अथकले धन्यवाद ज्ञापन र सचिव प्राञ्जलले सञ्चालन गरेको उक्त काव्य गोष्ठीमा नेपाली लेखक सङ्घ गण्डकीका सल्लाहाकार डा लक्ष्मीशरण

अधिकारीले विपिका लेखन तथा साहित्यमा रहेका विशेषताहरूको सूक्ष्म विश्लेषण प्रस्तुत गर्नु भयो । कार्यक्रममा समारोहका प्रमुख आमन्त्रित व्यक्तित्व नेपाली लेखक सङ्घका पूर्वअध्यक्ष कवि तीर्थ श्रेष्ठले विपी कोइरालासँगका आफ्ना केही भेट का प्रसङ्ग र संस्मरण हरू सुनाउँदै विपी नेपाली राजनिती  र साहित्य दुबैको शिखर रहेको धारणा राख्दै उनी परिवर्तनशील नेता हुन् भन्दै उनको संस्मरण मात्रै पनि जीवनका लागि उर्जा प्राप्त हुने दृष्टिकोण राख्नु भयो 

उक्त काव्य गोष्ठीमा कविहरू विश्व अधिकारी, जमूना कायस्थ , विश्वराज रसाइली, रोशन तिमिल्सिना , तारानाथ पराजुली , शिव त्रिपाठी , कपिल शर्मा , ईशा शाह , लक्ष्मी थापा, लक्ष्मण थापा , कमल पौडल अथक लगायतका साहित्यकारहरूले आआफ्ना रचना सुनाउनु भएको थियो ।

No comments:

Post a Comment