पोखरा थिएटरमा तीर्थ श्रेष्ठका कविता मञ्चनसँगै पाँच आयाम - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, July 19, 2025

पोखरा थिएटरमा तीर्थ श्रेष्ठका कविता मञ्चनसँगै पाँच आयाम



पोखरासाउन ३ गते । पोखरा थिएटरले कवि तीर्थ श्रेष्ठका पाँच आयामलाई शनिवार प्रस्तुत गरेको छ । ‘हिउँमा नलेखिएका तीर्थ, पाँच आयामका साथ’ शीर्षकमा प्रस्तुत गरिएको कार्यक्रममा श्रेष्ठका कविता, मुक्तक, गीत, गजल र नाटक गरी पाँच विधाका सिर्जना प्रस्तुत गरिएका थिए । .

श्रेष्ठका आमासम्बन्धी कवितामा आधारित नाटक हरेक दिन साँझ ५ बजे थिएटरमा प्रस्तुत गरिने थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश कलासाहित्यसङ्गीत र लोकसंस्कृतिमा सम्पन्न रहेको धारणा राखे । भट्टले कलासाहित्यप्रकृति र संस्कृतिको प्रवर्द्धन एवं संरक्षण गर्नु हामी सबैको दायित्व रहेको उल्लेख गरे ।

आदिकवि भानुभक्त आचार्यकवि शिरोमणि लेखनाथ पौड्यालजनकविकेशरी धर्मराज थापालोककवि अलिमियाँलोकसंगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वदेखि हालका सरुभक्ततीर्थ श्रेष्ठहरिदेवी कोइराला लगायतको भूमि गण्डक क्षेत्र हो ।’ उनले भने, ‘यस भेगमा सिर्जित अपार सांस्कृतिक ज्ञानपरम्परा र वैभवले यस क्षेत्रको चेतनालाई सदैव उँचो राख्दै आएको छ । हाम्रा मौलिक तथा रैथाने संस्कृतिकला–साहित्यरीतिरिवाज हाम्रा अमूल्य सम्पदा हुन् ।’

यस भूमिलाई जीवन्त र सांस्कृतिक दृष्टिले समृद्ध बनाउने अभियानमा संस्थागत तथा व्यक्तिगत तर्फबाट पनि विभिन्न प्रयासहरु भएको पाएको बताउँदै उहाँले गण्डकीको राजधानी पोखरा शहरलाई कला र संस्कृतिको मञ्च बनाउन पोखरा थियटरले निरन्तर कर्म गरिरहेकोमा खुशी व्यक्त गरे ।

साहित्यकार तीर्थ श्रेष्ठसँगै उनका सिर्जनाहरू सञ्जीव पौडेल, अमृत क्षेत्री र प्राञ्जलले पनि प्रस्तुत गरेका थिए ।

पोखरा थियटरका अध्यक्ष मोतीबहादुर कार्की (परिवर्तन) को अध्यक्षतामा कार्यक्रम भएको थियो ।

No comments:

Post a Comment