अखिल नेपाल लेखक सङ्घ, गण्डकीमा काव्य गोष्ठी - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, July 5, 2025

अखिल नेपाल लेखक सङ्घ, गण्डकीमा काव्य गोष्ठी

 


पोखरा । अखिल नेपाल लेखक सङ्घ, गण्डकी प्रदेश समितिको आयोजनामा शनिबार पोखरामा काव्य गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा अखिल नेपाल लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष प्राज्ञ नारायण मरासिनी, केन्द्रीय सदस्य तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य त्रैलोक्यमान बनेपाली (अगिब), नेकपा माओवादी गण्डकी प्रदेशका कोषाध्यक्ष ताराप्रसाद भुसाल, जनसांस्कृतिक महासङ्घ, गण्डकीका इन्चार्ज मणिचन्द्र कँडेल ‘गोविन्द’ लगायतले प्रगतिवादी लेखन क्षेत्रको कालक्रमिक विकास र देखापरेका समस्या एवम् चुनौतीका बारेमा आफ्ना भनाइ राखेका थिए । उनीहरूले प्रगतिवादी लेखकहरूका सिर्जनामा वर्ग सचेतताका साथ कला र विचारको तालमेल हुनुपर्नेमा जोड दिएका थिए ।

उक्त गोष्ठीमा लेखक सङ्घकी केन्द्रीय सदस्य अम्बिका भण्डारी, जनसांस्कृतिक महासङ्घ, कास्कीकी अध्यक्ष रञ्जना राई, प्रलेस, गण्डकीका सचिव रुपिन्द्र प्रभावी, सुरज उपाध्याय, काजी गाउँले, कृष्णप्रसाद गौतम, दामोदर सञ्जेल, सङ्केत आचार्य, गोपालप्रसाद अधिकारी, सुवास पौडेल, बलराम पोख्रेललगायतले रचना वाचन गरेका थिए । सङ्घका केन्द्रीय सदस्य एवम् गण्डकीका उपाध्यक्ष दुर्गानारायण ढकालले स्वागत गरेका कार्यक्रमको सञ्चालन लेखक सङ्घ गण्डकीका सहसचिव तथा कास्कीका अध्यक्ष रामजीप्रसाद आचार्यले गरेका थिए । उक्त गोष्ठीको अध्यक्षता सङ्घ, गण्डकीका अध्यक्ष तथा केन्द्रीय सचिव भीम रानाभाटले गरेका थिए ।

No comments:

Post a Comment