पोखरा । गीतकार आदर्श पोखरेलको नयाँ गीत ‘मनमा तिम्रो फोटो छ’ शनिबार सार्वजनिक गरिएको छ । पोखराको सभागृहचोकस्थित बेरी लाउञ्ज एण्ड बारमा आयोजित एक समारोहका बिच गायक तथा सङ्गीतकार रामभक्त जोजिजूले गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
उक्त कार्यक्रममा विशेष अतिथि रामचन्द्र त्रिपाठी, जितबहादुर थापा, झलक गुरुङ, नारायण सापकोटा रहेका थिए । उक्त कार्यक्रममा डा. निरञ्जन कोइराला ‘जमिन’ र नारायण सापकोटाले शुभकामना मन्तव्य दिएका थिए ।
गायक सन्दिप परियार र
गायिका मनिषा सुनारको स्वर रहेको गीतमा मोडल रुसा न्यौपाने र युवा वैज्ञानिक
डाक्टर निरन्जन कोइराला ‘जमिन’को मुख्य अभिनय देख्न सकिन्छ । साथै, भिडियोमा गीतकार आदर्श पोखरेल, सोम गुरुङ, जमुना पौडेल बराल, भुवन विश्वकर्मा र विपासा सेन्चुरीको
समेत अभिनय समावेश गरिएको छ ।
भिडियोको निर्देशन तथा
सम्पादन राम बास्तोलाले गरेका हुन् भने छायाङ्कन दिनेश केसी र अनिल कार्कीले गरेका
हुन् । भिडियोको कथा भने सुदीप सुवेदीले लेखेका हुन् ।
भिडियो सार्वजनिक कार्यक्रमको
सञ्चालन अनुराग अधिकारीले गरेका थिए । गीतको भिडियो रूपा म्युजिकको अफिसियल
युट्युब च्यानलमा हेर्न सकिन्छ ।
No comments:
Post a Comment