पोखरा । गण्डकी साहित्य सङ्गम, पोखराको आयोजनामा सङ्गमको कार्यसमितिका सदस्य छविलाल आचार्यको यात्रा संस्मरण ‘मध्यरातमा सूर्य देख्दा’ पुस्तकको लोकार्पण शनिवार पोखरामा गरिएको छ ।
कार्यक्रममा प्रमुख
अतिथि हरिदेवी कोइराला र विशिष्ट अतिथि प्रा. रघुनाथ अधिकारी हुनुहुन्थ्यो ।
पुस्तकमाथि चर्चा गर्दै टिप्पणीकारद्वय रामराज रेग्मी र असफल गौतमले युरोपका
स्विट्जरल्यान्ड, नर्वे,
बेलायत,
फ्रान्सलगायत
विभिन्न देशको सांस्कृतिक अवस्था, त्यहाँको
प्रकृति, भूगोल, सङ्ग्रहालयहरुमा
राखिएका कलाकृति, त्यहाँका जातजातिहरुको
रहनसहन, पुराना दरबार आदि बुझ्नका लागि
पुस्तक उपयोगी रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख
अतिथि, विशिष्ट अतिथि लगायत अन्य
वक्ताहरु झलकपाणि तिवारी, तोयानाथ
लामिछाने, यादवचन्द्र भुर्तेलले शुभकामना
मन्तव्यका सन्दर्भमा नियात्राकार छविलाल आचार्यद्वारा युरोपका विभिन्न देशहरुको
भ्रमणका क्रममा देखेभोगेका दृश्य तथा अनुभवलाई प्रतिविम्बन गरिएकाले सर्वसाधारण
पाठकका लागि पुस्तक उपयोगी रहेको कुरा व्यक्त गर्नुभएको थियो । सङ्गम सांस्कृतिक
मञ्चका कलाकारहरू काजी गाउँले, विकास
लुङ्गेली, डी. वी. बान्तवा लगायतले
कृतिकार आचार्यद्वारा सिर्जित गीत प्रस्तुत गर्नुभएको थियो भने गोविन्दप्रसाद
बरालले कविता वाचन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा
प्रा.डा. यदुनन्दन उपाध्याय, प्रा.डा.
यमबहादुर पौडेल क्षेत्री, प्रा.डा.
जगन्नाथ रेग्मी, बुद्धिजीवी शेषमणि आचार्य,
नारायण
परिश्रमी, लोकबहादुर थापा,
कृष्णप्रसाद
बाँस्तोला, सुरज उपाध्याय,
कोमलनाथ
बराल, रामचन्द्र सुवेदी,
नरबहादुर
गुरुङ, धनबहादुर नेपाली,
कृष्णप्रसाद
पौडेल, छवि सुवेदी विजयी,
जनक
श्रेष्ठ, सावित्री आचार्य,
ढाकामोहन
बराल, बलराम पराजुली,
मनकुमारी
ढकाल, शेषकान्त आचार्य,
टीकाराम
वाग्ले, तुलसीराम सुवेदी,
माधवप्रसाद
मिश्र, प्रेमप्रसाद शर्मा,
दुर्गादेवी
शर्मा, सुरेन्द्र सापकोटा,
खेमराज
आचार्य, ऋषिराम सापकोटा,
गीता
तिवारी, मेघनाथ कुँवर,
रामबहादुर
कोइराला, भानुभक्त अविरल,
शिवप्रसाद
पोखरेल, मित्रबहादुर जिसी,
गुरुप्रसाद
बराल, ध्रुव विपश्वी,
प्रकाश
वाग्ले, बीना सिलवाल,
गोपालमणि
लामिछाने, बद्री विनोद प्रतीक,
अम्बिकाप्रसाद
भट्टराई, रामबहादुर कोइराला,
धर्मराज
पौडेल अल्पायु, शोभाकान्त गौडेल,
लोकनाथ
पुडासैनी, परशुराम कोइराला,
विष्णुप्रसाद
सुवेदी, कृष्णबहादुर कुँवर,
हरिप्रसाद
बराल, राम घले परियार,
लोकनाथ
दवाडी, नवराज बराल,
धनप्रसाद
तामाङ, बद्रीनाथ पहारी,
शिवराज
बराल, तेजबहादुर गुरुङ,
नरनाथ
बराल लगायतको उपस्थिति रहेको थियो
कार्यक्रममा कृतिकारलाई
ताराप्रसाद तिमिल्सिनाले मन्तव्यद्वारा परिचित गराउनुभएको थियो भने कृतिकार
आचार्यले युरोप बसाइको आफ्नो अनुभूति व्यक्त गर्नुभएको थियो । भीम रानाभाटबाट
अध्यक्षता, पद्मराज ढकालबाट स्वागत
मन्तव्य र प्राज्ञ नारायण मरासिनीबाट कार्यक्रमको सञ्चालन भएको थियो ।
No comments:
Post a Comment