पोखरा । नेपाली लेखक सङ्घ, गण्डकी प्रदेश कमिटी र कास्की जिल्ला शाखाको संयुक्त आयोजना तेस्रो राष्ट्रिय लेखक दिवसका अवसरमा पोखरामा काव्य गोष्ठी कार्यक्रम सम्पन्न भएको छ |
नेपाली लेखक सङ्घ, गण्डकी प्रदेश कमिटीका अध्यक्ष डा. ईश्वरमणि अधिकारीको अध्यक्षतामा कास्की
कमिटिका सचिव प्रान्जलले सहजीकरण गरेको उक्त समारोहको प्रमुख आमन्त्रित
व्यक्तित्वमा नेपाली लेखक संघका निवर्तमान अध्यक्ष साहित्यकार तीर्थ श्रेष्ठ
हुनुहुन्थ्यो | नेपाली लेखक संघ कास्कीका उपाध्यक्ष तथा
कार्यवाहक अध्यक्ष कमल पौडेल अथकले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा
पोखरेली युवा सांस्कृतिक परिवारका कार्यवाहक अध्यक्ष साहित्यकार लक्ष्मण थापा,
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष सुरज पौडेल, नेपाली लेखक संघका केन्द्रीय सदस्य अमृत, समानान्तर
साहित्य मंचका अध्यक्ष विश्वराज रसाइली, विश्व अधिकारी,
अव्यग्र अस्मित, वसन्त विनोद अधिकारी, निर्मल पौडेल, संजिता लम्साल, ढाकामोहन
बराल, रोशन तिमिल्सिना, अमृता पोखरेल,
डा भूमिराज बस्ताकोटी लगायतका कवि तथा साहित्यकारहरूले आआफ्ना रचना
वाचन गरेका थिए |
कार्यक्रमका प्रमुख
आमन्त्रित व्यक्तित्व साहित्यकार तीर्थ श्रेष्ठले नेपाली लेखक संघको अगुवाइमा
मनाउन शुरु गरिएको राष्ट्रिय लेखक दिवस र त्यसै संग जोडिएर आएको राष्ट्रिय लेखक
पुरस्कार अहिले प्रारम्भिक चरणमा रहँदै आएको भए पनि यसको ऐतिहासिक महत्व हुने
धारणा व्यक्त गर्नु भयो | नेपाली भाषा साहित्यको इतिहासमा
लाइब्रेरी पर्वका रूपमा विक्रम सम्बत १९८७ को घटना सन्दर्भ सुनाउंदै उनले त्यही
लेखकीय स्वतन्त्रता, अभिव्यक्ती स्वतन्त्रता र चेतनाको
विजारोपण भएको उक्त दिनलाई आधार मानेर नै वैशाख १६ लाई रोजिएको पृष्ठभूमि बताउंदै
आउँदा अहिले मुलुकका अधिकांश सहरहरूमा नेपाली लेखक संघको अगुवाइमा यो दिवस मनाउंदै
गरिएकोमा खुसी व्यक्त गर्नु भयो | नेपाली लेखक संघको
केन्द्रिय उपाध्यक्ष समेत रहेका कार्यक्रमका अध्यक्ष डा अधिकारीले लेखक दिवससंग
जोडिएका थप सन्दर्भहरूको चर्चा सहित कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै रचना
वाचन गरे |
No comments:
Post a Comment