समीक्षक रमेश प्रभातको ‘अलिकति फरक कुरा’ को घुम्टो खोलियो - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Thursday, April 25, 2024

समीक्षक रमेश प्रभातको ‘अलिकति फरक कुरा’ को घुम्टो खोलियो



चितवन, वैशाख १३ गते । आज २०८१ वैशाख १३ गते सम्पूर्ण किताब नारायणगढमा समीक्षक रमेश प्रभातको निसमालोचना कृति 'अलिकति फरक कुरा'को घुम्टो उघार्ने काम सम्पन्न भएको छ । समीक्षक रमेश प्रभात, प्रकाशक रेखा श्रेष्ठ, कवि प्रकाश चापागाईं, कवि तथा आख्यानकार एल् बी क्षेत्री, अन्वेषक कर्ण बानियाँ तथा कवि एवम् निबन्धकार सृजन लम्सालले संयुक्त रूपमा घुम्टो उघारेका थिए ।

विमोचित कृतिका बारेमा सरोज दवाडीले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । उनले यस कृतिमा प्रयोग भएको भाषा र शैलीको प्रशंसा गरेका थिए । त्यस्तै कवि सुरेन्द्र अस्तफलले कृतिका बारेमा पाठकीय टिप्पणी गरेका थिए । एल् बी क्षेत्रीले यो कृति समीक्षा हो कि समालोचना भन्ने प्रश्न उठाएका थिए ।

उक्त कार्यक्रममा समालोचक एकनारायण पौडेलले निसमालोचना के हो ? समालोचना र निसमालोचनाको अन्तर के हो ? भन्ने कुरामा प्रकाश पार्दै उक्त कृतिका बारेमा छोटो टिप्पणी गरेका थिए ।

प्रमुख अतिथिको भूमिकामा रहेका कवि प्रकाश चापागाईंले  आफू कवि भएको कुरा गर्दै समालोचनामा त्यति रुचि नभएको कुरा गरे । कृतिकार रमेश प्रभातले आजको समालोचना पाठकमैत्री नभएको हुनाले निसमालोचना लेख्नुपरेको कुरा गरे । यसमा सिर्जनाको सुवास हुने कुरा पनि प्रस्ट पारे ।

सम्पूर्ण किताब नारायणगढले आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व कवि एवम् निबन्धकार सृजन लम्सालले गरेका थिए भने सहजीकरण लेखराम सापकोटाले गरेका थिए । 

No comments:

Post a Comment