बिहानी खोज्दा खोज्दै- अम्बिका भण्डारी - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Tuesday, November 29, 2022

बिहानी खोज्दा खोज्दै- अम्बिका भण्डारी

 

बिहानी खोज्दा खोज्दै

-                                                              - अम्बिका भण्डारी

 सुनैलो बिहानी खोज्दा खोज्दै

हजुरबुबाको प्राण गयो

सुनौला बिहानी खोज्दा खोज्दै ।

हजुरआमाको पनि प्राण गयो ।

 

थुप्रै कुराहरू सुनेकी थिएँ बल्यकालमा-

कपडा सिलाउने दमिनी भाउजूका  व्यथा

आरनमा बस्ने कामी दाका था

हलो जोत्ने हली दाका दर्द

गोठमा बस्ने गोठालेका मर्म

बालुवा चाल्ने कुल्लीहरूका कथा

भारी बोक्ने भरियाहरूका व्यथा

शोषिपीडितका व्यथा सुन्दा सुन्दा

मलाई यो जगतमा जमिनदार भन्ने मान्छेहरूको

मुटु केले बनेको हुन्छ होला ?

मनमनै भन्न मन लाग्थ्यो ।

 

किन त्यही दमाई दाले सिलाएको कपडा बुनेको धागो चोखो हुन्छ

दमाई दाइ जुठो कसरी भए ?

कामी दाले कुँदेर बनाएको मुर्ति मन्दिरमा हुन्छ

कसरी कामी दाइ जुठो भए ?

भारी बोक्ने भरियाहरूको पसिनाले

साहुको जीवनमा उन्नति  हुन्छ

किन भरियाको पसिनाले मूल्य पाउँदै?

किन ? किन ? किन ?

 

 किन रुवाइन्छ  च्चा सिपका धनीहरूलाई ?

जीवन र जगत फुलाउने हातहरूलाई पीडामा किन बाँधिनुपर्छ ?

किन ठानिन्छ पाप मान्छे भएर धर्तीमा आउनुलाई नै ?

कता कता मनमा लागिरहन्थ्यो

समय हो आउँछ जान्छ

तर मान्छेमा चेत किन आउँदैन ?

किन आउदैन सबै मानिस बराबर हुन् भन्ने विचार ?

मनमा झिनो आशा थियो- मुक्तिको

लाग्यथ्यो- श्य कोल्टे फेर्ने समयले एक दिन

यस्तै यस्तै अनगिन्ती दृश्यहरू

र मुक्तिको सपनालेले विद्रोही बनायो मलाई

त्यही समयले मलाई क्रान्तिकारी बनायो

त्यही समयले मलाई जङ्गल पठायो

यो सामान्तवा

परिवर्तनका लागि शोषिपीडित निमुखाहरूको अधिकारका लागि

त्यो बेला

यसरी सजिलै परिवर्तन ल्याउन सकिने सम्भावना थिएन

 

बोक्दै गरेको झोला

खन्दै गरेको बाउसो

जोत्दै गरेको हलो

पोल्दै गरेको आरन

सिलाउँदै गरेको भोटो

बोक्दै गरेको भरी

कुँद्‍दै गरेको मुर्ति

गोर सोहोर्दै गरेको भकारो

चटक्कै छोडेर जङ्गल पसेको हुँ महोदय ।

 

राष्ट्रको सुनौलो भविष्यको चित्र हृदयमा कोरेर

म कसैलाई मार्नका लागि हैन

म त यी सुन्दर मान्छेहरूका मनभित्रका काला विचारहरू

मारेर मोती भर्नुपर्छ भन्ने विचार बोकेको मान्छे हुँ

 

मलाई त यी सुन्दर अनुहार भएका मान्छेहरूले

 कालो देख्नुभयो र टाकोको मोल तोकिदिनुभयो

त्यसैले  त गोली बारुद बनाउन बाध्य भएँ

ज्याको आशा थिएन

मिठो नमिठोको कुनै रहर थिएन

बाँच्नैपर्छ भन्ने पनि थिएन

आफू मरे पनि देशमा रहेका मानिसहरू मानिस भएर

बाँच्न पाउने व्यवस्था आओस् भन्ने चाहिँ मनमा थियो

त्यसैले गर्दा देशमा मान्छे भएर बाँच्न पाउने अधिकार पाएका छौँ

स्वतन्त्र भएर बोल्न पाएका छौँ

अहिले थोरै भए पनि सिपको कदर भएको छ

शिक्षाको विकास भएको छ

अहिले यो युगले सजिलै राष्ट्रको भविष्य कोर्न पाएको छ

अन्नपूर्ण-२, ढिकुरपोखरी, कास्की

 

No comments:

Post a Comment