पोखरा, फागुन ८ गते । साहित्यकार सुरज उपाध्यायलाई पितृशोक परेको छ । उपाध्यायका ७५ वर्षीय पिता शङ्कर उपाध्यायको शुक्रवार बिहान हृदयघातका कारण निधन भएको हो ।
केही
समयअगि क्यान्सरका कारण थलिएका उपाध्याय शल्यक्रियापछि स्वास्थ्य लाभ गरी
फेदीखोला-२, चनौटे, स्याङ्जामा बस्दै आएका थिए । हाल सामान्य स्वास्थ्य अवस्था
भएका उनी शुक्रवार बिहान घरायसी नियमित काम सकेपछि एक्कासि ढल्न पुगेका थिए ।
उनलाई पोखरास्थित गण्डकी मेडिकल कलेजमा ल्याइए पनि चिकित्सकले हृदयघातका कारण निधन
भएको जानकारी दिएका थिए ।
२००८
साल मङ्सिर १६ गते जन्मेका उपाध्याय ४० वर्षसम्म विभिन्न विद्यालयमा अध्यापन गरी
निवृत्त भएका शिक्षक हुन् । उपाध्यायका जेठा छोरा सुरज साहित्यिक क्षेत्रमा
क्रियाशील छन् । विशेष गरी बालसाहित्यमा क्रियाशील सुरजका ‘चिल उड्यो आकाशमा’, ‘साइकल’
र ‘बाबा कतारमा आमा हतारमा’ गरी ३ बालकविता सङ्ग्रह तथा ‘तिम्रो मन फर्किएन’ नामक
गजल सङ्ग्रह प्रकाशित छन् । उनी प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशका सचिवालय
सदस्य तथा गीतकार प्रतिष्ठानका सदस्य हुन् । स्व. उपाध्यायका सुरजसहित सन्तोष र
रेशम गरी ३ छोरा, १ छोरी र श्रीमती छन् ।

No comments:
Post a Comment